माघ १५,काठमाडौं । पछिल्लो समय पश्चिमी देशहरू आफ्ना राष्ट्रिय हितको खोजीमा एसियातर्फ केन्द्रित हुन थालेका छन्। यही क्रममा बेलायती प्रधानमन्त्री कियर स्टार्मर चीनसँग राजनीतिक तथा आर्थिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यसहित २८ जनवरीमा बेइजिङ पुगेका छन्। आठ वर्षपछि बेलायती प्रधानमन्त्रीको चीन भ्रमण भएको हो। यसअघि सन् २०१८ मा तत्कालीन प्रधानमन्त्री टेरेसा मे चीन गएकी थिइन्।
विश्लेषकहरूका अनुसार बेलायतको यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकतर्फी र अप्रत्याशित नीतिसँग पनि जोडिएको छ। ट्रम्पको दोस्रो कार्यकालमा पश्चिमी गठबन्धनभित्र असहजता बढ्दै जाँदा अमेरिकाका परम्परागत सहयोगीहरू वैकल्पिक कूटनीतिक र आर्थिक साझेदार खोज्न थालेका छन्।
चीन प्रस्थानअघि स्टार्मरले चीनसँगको संवाद बेलायतको हितमा रहेको उल्लेख गर्दै आर्थिक अवसरलाई बेवास्ता गर्न नसकिने बताएका थिए। उनले चीन भ्रमणलाई “महत्वपूर्ण र प्रगतिमुखी” हुने दाबी गरे।
यद्यपि, चीन–बेलायत सम्बन्ध ऐतिहासिक र समसामयिक कारणले जटिल रहँदै आएको छ। हङकङको विषय, मानवअधिकारको अवस्था, युक्रेन युद्धमा चीनको भूमिकालगायत मुद्दाले दुवै देशबीच दूरी बढाएको छ। बेलायतले चिनियाँ प्रविधि र सुरक्षा जोखिमबारे पनि चिन्ता व्यक्त गर्दै आएको छ।
यसबीच, स्टार्मरको चीन भ्रमणलाई ट्रम्प प्रशासनप्रति सन्तुलित दूरी कायम राख्दै आर्थिक र कूटनीतिक विविधीकरणको प्रयासका रूपमा हेरिएको छ। तर, चीनसँग नजिकिँदा राष्ट्रिय सुरक्षामा सम्झौता नगर्ने प्रतिबद्धता उनले दोहोर्याएका छन्।
स्टार्मरमाथि घरेलु स्तरमा पनि दबाब छ। विपक्षी दल र मानवअधिकार समूहहरूले जिमी लाइको रिहाइ, उइगुर अल्पसंख्यकको अवस्था र युक्रेन युद्धबारे चीनसँग स्पष्ट संवाद गर्न आग्रह गरेका छन्। तर, उनले कुन–कुन मुद्दा उठाउने भन्नेबारे सार्वजनिक रूपमा केही खुलाएका छैनन्।
रोयटर्सका अनुसार यो भ्रमण चीन–बेलायत सम्बन्धमा नयाँ मोड सावित हुन सक्छ, तर यसले बेलायतको अमेरिका–केन्द्रित परम्परागत कूटनीतिमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न अझै खुला नै छ।
माघ २० , काठमाडौं। नेपालमा व्यक्तिगत डाटा संरक्षणसम्बन्धी स्पष्ट कानुन र प्रभावकारी नियमन नहुँदा डाटा
माघ १९,काठमाडौँ । देशभर ७ लाख ७० हजार बालबालिका गरिबी, न्यून आयस्तर, विकट भूगोल र
२०८२ माघ १८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनका लागि
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना