काठमाडौँ, माघ २७ गते । काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण खरिदका लागि सहयोग गर्ने भएको छ। स्वास्थ्य उपचारका लागि आवश्यक उपकरण खरिद गर्न काठमाडौँ महानगरपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत सम्झौता गरिएको हो। सम्झौता कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ तथा शिक्षा–स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनको रोहवरमा सम्पन्न भएको हो।
सम्झौतामा महानगरपालिकाका तर्फबाट स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसी र अस्पतालका तर्फबाट अध्यक्ष डा. भरतकुमार प्रधान श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ। महानगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत मेडिकल उपकरण खरिद अनुदानका लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ। उक्त अनुदानबाट सार्वजनिक खरिद प्रक्रियामार्फत अस्पतालले एक थान एनेस्थेसिया मेसिन, २५० केभीएको एक थान जेनेरेटर तथा ५०० एमएको एक थान डिजिटल एक्स–रे मेसिन खरिद गर्नेछ।
महानगरवासी तथा कीर्तिपुर अस्पतालमा उपचारका लागि आउने बिरामीलाई गुणस्तरीय, सहज र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सहयोग गरिएको जनाइएको छ। कार्यवाहक प्रमुख डङ्गोलले जलन उपचारसहितका सेवाहरूलाई थप गुणस्तरीय र सहज बनाउन अनुदान उपलब्ध गराइएको बताउनुभयो।अस्पतालका अध्यक्ष डा. श्रेष्ठले अस्पताल नाफामुखी नभई सेवाभावबाट सञ्चालन भइरहेको उल्लेख गर्दै जलनका बिरामीको उपचार जटिल हुने भएकाले यसलाई सहज बनाउन महानगरपालिकाबाट निरन्तर सहयोगको अपेक्षा गरिएको बताउनुभयो।
काठमाडौं, १४ साउन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्रीको
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा
काठमाडौं, ३१ असार २०८३। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतले
राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि
काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत