रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’


फागुन ८, काठमाडौं ।

नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर मा आफ्नो चुनाव चिह्न ‘सूर्य’ अंकित झण्डा जलाइएको घटनाप्रति कडा आपत्ति जनाएको छ। एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त घटनाको निन्दा गर्दै अध्यक्ष केपी शर्मा ओली विरुद्ध अपमानजनक नाराबाजी गरिएको तथा महासचिव शंकर पोखरेल को गृहनगरमै भएको उक्त गतिविधि राज्य, जनता, लोकतन्त्र र संविधानविरुद्धको अपराधजन्य कार्य भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा ‘देश जलाउनेहरूबाटै एमालेको चुनाव चिह्न ‘सूर्य’ अंकित झण्डा जलाइनु निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन हो’ भन्दै घटनालाई लोकतान्त्रिक प्रतिस्पर्धाको मर्यादाविपरीतको कदम ठहर गरिएको छ।एमालेले दलीय प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नु लोकतन्त्रको सुन्दर पक्ष भए पनि प्रतिस्पर्धाका नाममा स्थापित राष्ट्रिय शक्तिमाथि आस्था र सम्मानमा चोट पुर्‍याउने गतिविधि लोकतन्त्रको परिधिभित्र नपर्ने उल्लेख गरेको छ। यस्ता गतिविधिले मुलुकलाई अस्थिरताको चक्रमा धकेल्ने र चुनावी द्वन्द्व निम्त्याउने जोखिम रहेको दाबी गरिएको छ।

विज्ञप्तिमा एमाले अनुशासित पार्टी भएकाले घटनाबाट उत्तेजित नभएको उल्लेख गर्दै भनिएको छ, “हाम्रो संयमता र धैर्य कमजोरीका कारण होइन। हामी कानुनी शासनको सम्मान गर्छौं।” झण्डा जलाउने कार्यमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरिएको छ। एमालेले उक्त घटनाले सरकार भयरहित, निष्पक्ष र निर्भीक वातावरणमा मतदान सुनिश्चित गर्न असफल भएको भन्ने आशंकालाई बल पुग्ने कि भन्ने प्रश्नसमेत उठाएको छ। साथै, घटनामा संलग्नमाथि कानुनी कारबाही गर्न जोडदार माग गरिएको छ।

विज्ञप्तिमा निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन भएको उल्लेख गर्दै निर्वाचन आयोगले सम्बन्धित दलसँग तत्काल स्पष्टीकरण माग गरी सार्वजनिक गर्नुपर्ने माग गरिएको छ। साथै, दोषीमाथि कारबाही नगरिए उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार, निर्वाचन आयोग र सम्बन्धित दलले वहन गर्नुपर्ने चेतावनीसमेत दिइएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र