फाल्गुन ४, दमक । केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली सोमबार बिहानदेखि दमकमा मतदातासँग प्रत्यक्ष भेटघाट तथा घरदैलो कार्यक्रममा सक्रिय रहनुभएको छ। झापा क्षेत्र नं. ५ अन्तर्गत दमक–५ को यलम्बर चोकबाट भेटघाट कार्यक्रम सुरु गरिएको हो।
भेटघाटका क्रममा स्थानीय मतदाताहरूले आफूहरू मत परिवर्तन गर्ने पक्षमा नरहेको बताउँदै अध्यक्ष ओलीलाई ढुक्क भएर अघि बढ्न आग्रह गरेका छन्। औपचारिक रूपमा चुनावी प्रचार–प्रसार सुरु भएसँगै मतदाता तथा शुभेच्छुकहरूले नाचगानसहित अध्यक्ष ओलीको स्वागत गरेका थिए।
क्षेत्र नं. ५ का चुनाव प्रचार–प्रसार समिति संयोजक तथा एमाले केन्द्रीय सदस्य इन्द्र भण्डारीका अनुसार अध्यक्ष ओलीले सोमबार अपराह्न ३ बजेसम्म दमक–६ को शंखधर चोक, दमक–७ को तवनि चौक तथा वडा नं. १ स्थित हवल्दार चौकमा मतदाता तथा स्थानीयसँग भेटघाट गर्नुहुने कार्यक्रम छ।
यसैगरी अपराह्न ३ बजे दमक–२ स्थित दमक फन पार्कमा आयोजित भेटघाट कार्यक्रममा सहभागी हुने र साँझ ४ बजे दमक–३ स्थित आमचोकमा पुगेर मतदातासँग संवाद गर्ने कार्यक्रम तय भएको छ।
कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी
कार्तिक १०, काठमाडौँ । नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर
२०८३ कार्तिक ८, काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट
८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न
२९ असोज २०८३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न तथा
असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा