मध्यम वर्ग लक्षित वाचापत्र ल्याउँछौँ:रास्वपा नेता खनाल

२०८२ माघ १८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनका लागि रोजगार र मध्यम वर्गीय परिवारलाई केन्द्रमा राखेर पार्टीको वाचापत्र ल्याइने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘दलको घोषणा पत्रमा आर्थिक एजेन्डा’ विषयक कार्यक्रममा बोल्दै खनालले जेन–जी आन्दोलनपछिको प्रमुख माग नै रोजगार भएकाले पार्टीले सबैभन्दा पहिला त्यही विषयलाई प्राथमिकतामा राख्ने बताए।

रोजगार सिर्जनाका लागि निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले रास्वपाले उदार अर्थतन्त्रमा विश्वास गरे पनि त्यसलाई सामाजिक न्यायसँग जोडेर अघि बढाउने दृष्टिकोण राखेको बताए। खनालले पर्यटन क्षेत्रको विकासका लागि कनेक्टिभिटी सुधार आवश्यक रहेको उल्लेख गरे। साथै, प्रविधि (टेक्नोलोजी) र जलविद्युत् क्षेत्रलाई प्राथमिकतामा राखेर आर्थिक विकास गर्ने रास्वपाको योजना रहेको उनको भनाइ थियो।

‘हामीले आगामी १० वर्षभित्र सम्मानजनक मध्यम आय भएको मुलुक बन्ने लक्ष्य राखेका छौँ,’ उनले भने। मध्यम वर्गीय परिवारलाई लक्षित गर्दै सार्वजनिक शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्न आवश्यक रहेको उनले बताए। सुशासनबिना अर्थतन्त्र बलियो हुन नसक्ने उल्लेख गर्दै नियामक निकायमा हस्तक्षेप रोक्न र नियुक्तिमा पारदर्शिता अपनाउनुपर्नेमा पनि उनले जोड दिए।

पूर्वाधार क्षेत्रमा ठूलो तर लक्षित लगानी आवश्यक रहेको बताउँदै खनालले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पार्टीले लिएको जानकारी दिए। साथै, विदेशमा रहेका नेपालीलाई स्वदेशमै लगानी गर्न सक्ने वातावरण बनाउन सकिने उनको भनाइ थियो। घोषणा पत्र कार्यान्वयनका लागि एउटै दलको बहुमत आवश्यक हुने दाबी गर्दै खनालले बहुदलीय गठबन्धन सरकार अस्थिर हुने र त्यसले घोषणा पत्र कार्यान्वयनमा बाधा पुर्‍याउने बताए।‘सरकारले चाहेको खालको मात्रै कानुन बन्ने अवस्था भएकाले एउटै दलको बहुमत आए मात्र घोषणा पत्र प्रभावकारी रूपमा कार्यान्वयन हुन सक्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,