माओवादी १२० सिटबाट खुम्चिएर २–३ सिटमा सीमित भयो, अहिले पार्टी नै रहेन : जनार्दन शर्मा

फागुन १,काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले तत्कालीन माओवादी केन्द्रभित्र आफ्नो आवाज सुन्ने अवस्था नरहेको दाबी गरेका छन्। रुकुम पश्चिममा जारी चुनावी अभियानका क्रममा आयोजित पार्टी कार्यक्रममा बोल्दै शर्माले माओवादी १२० सिटबाट खुम्चिँदै २–३ सिट जित्ने अवस्थामा पुगेपछि पार्टी विघटनतर्फ गएको आरोप लगाए। जनयुद्धमा सहभागी भई सामन्ती उत्पीडनविरुद्ध विद्रोहमा उत्रिएका व्यक्तिहरूको योगदान स्मरण गर्दै उनले जनयुद्धले तयार पारेको आधारमै दोस्रो जनआन्दोलन सफल भई राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना सम्भव भएको बताए।

उनका अनुसार त्यस आन्दोलनबाट संविधानसभा गठन, संघीय लोकतान्त्रिक गणतन्त्रको निर्वाचन, समावेशी र सहभागितामूलक समाजवाद उन्मुख अर्थतन्त्रको अवधारणा, सामाजिक न्याय, दलितमाथिको छुवाछुतविरुद्ध समान अधिकार, महिलाको समावेशिता तथा अधिकार, गरिब, आदिवासी जनजाति र अल्पसंख्यक समुदायका अधिकारहरू संविधानमा सुनिश्चित गर्न सफल भएको थियो। उनले यी उपलब्धिलाई ऐतिहासिक भन्दै, त्यसलाई उपयोग गर्ने क्रममा पार्टी र नेताहरूले अवसर गुमाएकै कारण आज ती उपलब्धिहरू कमजोर बनेको टिप्पणी गरे।

शर्माले भने, “त्यो संविधान आज मूर्च्छित अवस्थामा छ, कोमामा छ। नेताहरूले यसको गहिरो समीक्षा, आत्मालोचना र पश्चात्ताप गर्नुपर्ने थियो।” उनका अनुसार तत्कालीन माओवादी नेतृत्वले जनजीविकाका सवाल र जनताको एजेन्डा छाड्दै उल्टो बाटो समातेपछि पार्टी पतनतर्फ धकेलियो।

उनले दुःख व्यक्त गर्दै भने, “माओवादी पार्टी विघटन भयो, आज माओवादी पार्टी छैन। नेताहरू नयाँ पार्टी निर्माणतर्फ गएका छन्। पछिल्लो आन्दोलनले नेतृत्वका केही पक्ष उदाङ्गो पारेको छ।” जनताको एजेन्डा स्थापित गर्न पार्टीभित्र निरन्तर सङ्घर्ष गरे पनि सफल हुन नसकेको उनको भनाइ छ।

“रुकुमका जनतासँगको दुःख–सुखको सम्बन्ध जोगाइराख्न पार्टीभित्र धेरै प्रस्ताव राखेँ, तर सुनुवाइ भएन,” शर्माले भने, “हामीले १२० सिट जितेको पार्टी क्रमशः खुम्चिँदै २–३ सिटमा सीमित हुने अवस्थामा पुग्यो।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

मित्रता : डिजिटल युगमा विश्वास, सहकार्य र मानवताको सेतु

मित्रता केवल व्यक्तिगत सम्बन्ध होइन, शान्ति, लोकतन्त्र, सामाजिक सद्भाव र दिगो विकासको आधार पनि हो।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

सुनसरी घटनाबारे सुरक्षा परिषद्को बैठक

काठमाडौं, १४ साउन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्रीको