काठमाडौं, फागुन ११ ।
केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने प्रवृत्तिप्रति टिप्पणी गरेका छन्। सोमबार झापाको दमकमा आयोजित सभालाई सम्बोधन गर्दै केपी शर्मा ओलीले बालेन शाहलाई लक्षित गर्दै ख्यालख्यालमै प्रधानमन्त्री घोषणा गर्ने शैलीप्रति कटाक्ष गरेका हुन्। उनले भने, “कुनै बच्चालाई सोध्यो भने उसले प्रधानमन्त्री बन्छु पनि भन्न सक्छ, राष्ट्रपति पनि भन्न सक्छ। तर त्यसो भन्दैमा ऊ तत्कालै प्रधानमन्त्री वा राष्ट्रपति भइहाल्दैन। घोषणा गर्दैमा पद प्राप्त हुँदैन।”
ओलीले आफ्नो दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्पष्ट नीति, कार्यक्रम र लक्ष्यसहित जनतामाझ आएको दाबी गरे। उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्यसहित एमाले अघि बढिरहेको उल्लेख गरे।उनले एमाले विकासको पक्षमा दृढ रहेको पनि बताए। सरकारमा एमाले रहे विकासका कामले गति लिने र बाहिरिएपछि विकास निर्माणका गतिविधि प्रभावित हुने दाबी गर्दै उनले भने, “एमाले सरकारबाट बाहिरिनेबित्तिकै विकास निर्माणका काम ठप्प हुने गरेका छन्। मलाई सरकारबाट हटाएपछि देश ड्राइभरबिनाको गाडी जस्तै हुन्छ, र सरकारमा फर्किएपछि मात्रै गति लिन्छ।”
ओलीको यस अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आउने अनुमान गरिएको छ।
कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी
कार्तिक १०, काठमाडौँ । नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर
८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न
२९ असोज २०८३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न तथा
असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा
काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण