पुस २२,काठमाडौं । निर्वाचन आउन ५८ दिन मात्र बाँकी रहँदा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि विशेष संयन्त्र आवश्यक रहेकोमा जोड दिइएको छ । सूचना प्रविधिको बढ्दो प्रयोगसँगै सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत निर्वाचन अवधिमा फैलिने मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति र भ्रमपूर्ण सामग्री नियन्त्रण गर्न प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने निष्कर्ष निकालिएको हो ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा २६ बमोजिम गठित केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठकले आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन विशेष संयन्त्र अपरिहार्य रहेको औँल्याएको छ ।
निर्वाचन आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा बसेको बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा. जानकीकुमारी तुलाधरलगायत समितिका पदाधिकारी सहभागी थिए । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बैठकमा आचारसंहिताको परिपालना, कार्यान्वयनका चुनौती, नियामक निकायको भूमिका तथा नियन्त्रणका उपायबारे छलफल भएको थियो ।
बैठकमा सहभागी सदस्यहरूले आचारसंहिता कार्यान्वयनका लागि सचेतनामूलक, प्रवर्द्धनात्मक र दण्डात्मक उपायलाई समानान्तर रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरे । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सामाजिक सञ्जाल नियमनको विषय महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रविधिको दुरुपयोग रोक्न नियामक, अनुसन्धान तथा अभियोजन गर्ने निकायबीच सहकार्य अपरिहार्य रहेको बताए ।
असार ९,चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,
भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
काठमाडौं जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध