जापानमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या २०३

 पुस २५ । जापानमा गएको शक्तिशाली भूकम्पका कारण बुधबारसम्म मृत्यु हुनेको सङ्ख्या २०३ पुगेको र अझै ६८ जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

सुजु सहरमा ९१, बजिमा ८१, अनमिजुमा २०, नानाओमा पाँच, नोटोमा तीन, शिका र हाकुईमा एक/एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।

प्रभावित क्षेत्रमा, भवन भत्किने जोखिम मूल्याङ्कनमा उच्च ध्यान केन्द्रित गरिएको छ । मङ्गलबारदेखि लगातारको वर्षाले, पहिरोजस्ता खतराहरूको सम्भाव्यताको बारेमा सजगता बढाउँदै अधिकारीहरूले चेतावनी जारी गरेका छन् ।

क्योदोले क्षेत्रीय मौसम विज्ञान पर्यवेक्षकलाई उद्धृत गर्दै  चुचुरोमा चिसो हावाको कारण वायुमण्डल अस्थिर रहने, भूकम्प र वर्षाले हिउँ पग्ली  नोटो क्षेत्रमा जमिन अस्थिर हुने सम्भावना बढेको रिपोर्ट गरेको छ ।

क्षेत्रीय अधिकारीहरूका अनुसार, कोभिड–१९ र इन्फ्लुएन्जाजस्ता सङ्क्रामक रोगहरूको बढ्दो जोखिमको बिचमा २६ हजारभन्दा बढी व्यक्तिहरूले विभिन्न शिविरहमा आश्रय लिइरहेका छन् । प्रभावित क्षेत्रमा सडक अवरुद्ध भएका कारण करिब तीन हजार १०० व्यक्ति राज्यको सहज पहुँचभन्दा टाढा बस्न बाध्य छन् ।

ठेगाना नखुलेका व्यक्तिको विषयमा उत्पन्न अन्योलको जवाफमा विभिन्न माध्यमबाट सङ्कलन  सूचनाहरू एकीकृत गरी सङ्ख्या अद्यावधिक गरिने स्थानीय अधिकारीहरूले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध