December 15, 2023

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ।

सङ्घीय संसद्का महासचिव भरतराज गौतमले राजीनामा दिएसँगै राष्ट्रिय सभा अध्यक्षसँगको परामर्शमा मङ्सिर २५ गते नै प्रतिनिधि सभा सचिव पद्यप्रसाद पाण्डेयलाई महाससचिव सिफारिस गरिएको थियो। सिफारिसको पत्र सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आफैँ उपस्थित भएर राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गर्नुभएको थियो तर राष्ट्रपति कार्यालयले अध्ययनका क्रममा रहेको भन्दै नियुक्ति गरेको छैन।

सभामुख घिमिरेले संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिलाई सिफारिस रोक्ने कुनै अधिकार नभएको बताउनुभयो। सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले भन्नुभयो, “हाम्रो संविधानले सिफारिस कार्यान्वयनको पुनर्विचार गर्ने अधिकार राष्ट्रपतिलाई दिएको छैन। नियुक्ति रोक्नु अनुचित हुन्छ।” महासचिव गौतमको राजीनामा नै स्वीकृत नभएको भन्ने तर्कप्रति पनि सभामुखले असन्तुष्टि जनाउनुभयो। कानुनी व्यवस्था अनुसार स्वतः पद रिक्त हुने अवस्था रहेको र राजीनामाको बोधार्थ गौतमले आफूलाई लिखित रूपमै दिएको उहाँको भनाइ छ।

सचिवबाट राजीनामा दिएर मात्र महासचिव सिफारिस हुनुपर्ने भन्ने तर्कको कुनै संवैधानिक, कानुनी र अभ्यासगत आधारसमेत नभएको घिमिरेको भनाइ छ। अहिलेका प्रतिनिधि सभा र राष्ट्रिय सभा सचिव दुवै आफ्नो पदमा राजीनामा नदिएकै अवस्थामा वर्तमान राष्ट्रपतिबाटै नियुक्ति भएको अभ्यासतर्फ पनि घिमिरेले ध्यानाकर्षण गराउनुभयो। कार्यकाल तीन महिना बाँकी रहेकै अवस्थामा राष्ट्रिय सभा अध्यक्षले कुनै पनि काम गर्न नमिल्ने जसरी बहस भइरहेको भन्दै घिमिरेले आपत्ति जनाउनुभयो।

मङ्सिर २४ गते महासचिव गौतमले राष्ट्रपतिसमक्ष राजीनामा बुझाउनुभएको थियो। राजीनामाको जानकारी सोही दिन लिखित रूपमा सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनालाई पनि दिनुभएको थियो। भोलिपल्टै अध्यक्ष र सभामुखको परामर्शमा महासचिवमा पाण्डेय सिफारिस हुनुभएको थियो। कार्यकाल सकिन आठ महिनाअघि नै गौतमले राजीनामा दिएपछि विभिन्न कोणबाट बहस सुरु भएको थियो। राष्ट्रिय सभाका अध्यक्षको कार्यकालपछि आफू अनुकूलका व्यक्ति महासचिव बनाउन नसक्ने आकलनमा पाण्डेयलाई सिफारिस गरिएको आरोप लागेको छ। तिमिल्सिनाको कार्यकाल फागुन २० गतेदेखि सकिँदै छ।

नायब महान्यायाधिवक्ता रहुनभएका पाण्डेय वैशाखमा प्रतिनिधि सभा सचिवमा नियुक्त हुनुभएको थियो। सचिव नियुक्त भएको सात महिनापछि महासचिवमा सिफारिस गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि