अपराधी पहुँच र दवावमा उम्कने प्रवृत्तिका विरुद्ध जिफन्टद्धारा ध्यानाकर्षण

५ असोज, सुर्खेत नेपाल ट्रेड युनियन महासघ जिफन्ट कर्णाली प्रदेश महिला कमिटीले शिक्षित–अशिक्षित महिला श्रमिकहरुले जहिले पनि हिंसा र विभेदबाट पीडित हुनु परेकोले प्रचलित कानुन बमोजिम अपराधी पहँुच र दवावमा परी उम्किने प्रवृत्तिका विरुद्ध स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराएको छ । सुर्खेत जिल्ला, चौकुने गाउँपालिका वडा नं. १ बडासैन स्थित श्री सुदर्शन प्राथमिक विद्यालय हाताभित्र २०८० भदौ ३१ गते श्रमिक महिलामा माथि घटेको घटना एक जघन्य सामाजिक र शैक्षिक अपराध भएको ठहर गर्दै जिफन्टले जिल्ला प्रशासन कार्यालयमा पुगी ध्यानाकर्षण गराएको हो ।
विद्यालयकी प्रअ हिरा भण्डारीमाथि स्थानीय छवी सावँदले मदिरासेवन गरी दिनदहाडै विद्यालय हातात्रभित्र प्रवेश गरी घरेलु हतियार प्रयोग हुनु निन्दनीय भएकोले घटनाको घोर भत्र्सना गर्दै कडा कार्वाही गर्न माग समेत गरेको छ । महिला कमिटी अध्यक्ष धर्मा सुवेदीद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्र बुझ्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले श्रमिक महिलामाथि हुने महिला हिंसा र सामाजिक अपराध गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याई अपराध बमोजिम कार्वाही हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत