यसरी कुञ्जल क्रियाले पेट सफा गर्छ

 भदौ २२, काठमाडौं । योगाभ्यास एक शारीरिक व्यायाम मात्र होइन, जीवनलाई सरल र सहज बनाउने एक बेजोड तरिका पनि हो । जुन जो कोहीले पनि आफ्नो शारीरिक क्षमता र आफ्नो स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर गर्न सक्छन् ।
योगाभ्यासमध्ये ‘कुञ्जल क्रिया’ मात्र गर्न सकियो भने सम्पूर्ण शरीरलाई फाइदा गर्छ । अन्य योग अभ्यासभन्दा यो अभ्यास अलि फरक र अनौठो छ । किनभने यसमा आफैं बान्ता गर्नुपर्ने हुन्छ ।
कुञ्जल क्रिया के हो ?कुञ्जल क्रिया शरीरबाट विषाक्त पदार्थ निकाल्ने जबर्जस्त टेक्निक हो । शरीरलाई मात्र होइन, नियमित रुपमा यो क्रिया गर्दा मन पनि नियन्त्रित रहन्छ ।यसबाहेक जर्नल अफ आयुर्वेद एण्ड एन्टिग्रेटिभ मेडिसिनमा प्रकाशित एक अध्ययन अनुसार बान्ता गरेपछि व्यक्तिलाइ खालीपन महसुस हुन्छ । खाली पेटमा नुन पानी पिउनाले सहजै बान्ता आउँछ । र, बान्ताबाट शरीरका विषाक्त पदार्थ बाहिरिन्छ ।
कसरी गरिन्छ ?१. कुञ्जल क्रिया बिहान खाली पेटमा गर्नुपर्छ । सबैभन्दा पहिला हरेक एक लिटर पानीमा एक चम्चा नुन हालेर ठीक पार्नुपर्छ ।२. कगासन मुद्रामा बसेर पानी चारदेखि पाँच गिलास मनतातो नुन पानी पिउनुपर्छ ।३. पानी पिउनासाथ उठेर दुवै खुट्टालाई ९० डिग्रीको कोण बनाएर अगाडि थोरै अगाडि झुकेर उभिनुपर्छ । यसरी पानी पिउने बित्तिकै निहुरिंदा बान्ता आउन मद्दत पुग्छ ।४. जब पेट खाली भइसकेको अनुभव हुन्छ । तब शवासन मुद्रामा ३० मिनेट बस्नपर्छु ।५. यो क्रिया गर्दा विशेषज्ञको निगरानीमा गर्नु उचित हुन्छ । यो विधि महिनामा एक वा दुईपटक गरिन्छ ।
पाचन प्रणालीमा सुधारबान्ता गर्दा मांसपेशी संकुचित हुन्छ । बान्ताले मांसपेशीहरू टाइट हुन्छ । पेटको मांसपेशी सुक्दै गएर बोसो घटाउँदै पेटमा रगतको प्रवाह बढाउँछ । यसले शरीरमा रहेको अनावश्यक विषाक्त पदार्थ हटाउने, मांसपेशीहरु बलियो बनाउनुका साथै पाचन प्रणालीमा सुधार हुन्छ ।
रुघाखोकीबाट छुट्काराकुञ्जल क्रियाले फोक्सोको मांसपेशीको सहनशक्ति बढाउँछ । यस अभ्यासको कारण फोक्सो सफा हुन्छ । जसले राम्रोसँग सास लिन मद्दत मिल्छ । साथै,  रुघाखोकीबाट पनि छुट्कारा दिन्छ ।
तनाव र चिन्ता कम लिनेयो क्रिया गर्दा शरीरमा रक्तसञ्चार बढ्छ । रक्तसञ्चार राम्रो हुने बित्तिकै अक्सिजन शरीरको हरेक भागमा पुग्छ । जसले  उच्च रक्तचाप सन्तुलित भएर तनाव कम हुँदै जान्छ ।
सावधानीयो विधि गर्भवती महिला, पेटको शल्यक्रिया गरेका व्यक्ति, १५ वर्षभन्दा कम उमेर र मुटुको समस्या भएकाहरुले गर्न मिल्दैन ।
एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा

उद्योगमा गौरी कुमारी, श्रममा रामजी यादव नियुक्त

चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई

पुराना सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न कानुनी व्यवस्था गरिने

 चैत २३,काठमाडौ। सरकारले पेट्रोलियम पदार्थको बढ्दो आयात घटाउने र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यसहित डिजेल

राष्ट्रिय परिचयपत्रलाई अनिवार्य एकल परिचय बनाउने सरकारको निर्णय, नागरिकता र राहदानी सेवा जुनसुकै जिल्लाबाट पाइने

 चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’