August 22, 2023

राष्ट्रपतिलाई एजेण्डा सहित वैठक बोलाउने अधिकार छैन: एमाले

काठमाडौँ — नेकपा एमालेले एजेन्डा राखेर सर्वदलीय बैठक बोलाउने अधिकार राष्ट्रपतिलाई नभएको बताएको छ । एमालेका सचेतक महेश बर्तौलाले राष्ट्रपतिले एजेन्डा राखेर सर्वदलीय बैठक बोलाउन नमिल्ने भन्दै एमाले बैठकमा सहभागी नहुनुको कारण समेत यही भएको बताएका हुन् ।

‘एजेन्डा राखेर सर्वदलीय बैठक भनेर बोलाउने अधिकार राष्ट्रपतिलाई छैन‚’ बर्तौलाले भने, ‘राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री र सरकार हो । सरकारले मैले सकिनँ‚ गरिदिनुपर्‍यो भनेको जस्तो पनि लाग्दैन । सरकार र प्रधानमन्त्री स्वयं रात-बिहान प्रमुख प्रतिपक्षी दलले संसद्‌मा उठाएको मागको विषयमा छलफल र बैठकमा हुनुहुन्छ ।’

बर्तौलाले एमाले शितल निवासको बैठकमा सहभागी नहुनुको कारण खुलाउँदै भने‚ ‘सरकारको काम राष्ट्रपतिले गर्ने होइन ।’ सहमतिको प्रक्रियाबाट छलफल अघि बढिरहे पनि त्यसलाई समानान्तर रुपमा अघि बढाएर ओभरल्यापिङ गर्न नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने