‘तपाईंले नियुक्तिपत्र पाउनुभएको छैन, उजुरी गर्नूस्’

काठमाडौँ, साउन २४ गते  । कतै नियुक्तिपत्रबिना काम गर्नु परेको त छैन ? त्यस्तो हो भने बुधबारदेखि श्रम, तथा व्यवसायजन्य सुरक्षा विभागको हटलाइन नम्बर ९८५१३५०४५१ को भाइबर तथा ट्विटरमार्फत सिधा सम्पर्क गरेर उजुरी टिपाउन सकिने विभागले जनाएको छ । विभागले यस्ता उजुरीको अवस्था अनुसार तुरुन्तै कानुनबमोजिम सम्बन्धित रोजगारदाता प्रतिष्ठानलाई कारबाही गर्ने प्रक्रियामा जाने तयारी गरेको जनाएको छ ।

विभागका निर्देशक मणिनाथ गोपले नियुक्तिपत्रबिना काम गर्ने समस्या थुप्रै भए पनि कतिपयले आउन झन्झटले गर्दा उजुरी दिने नगरेकाले सहज बनाउन हटलाइन सेवा सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार नियुक्तिपत्रबाहेक उद्योग प्रतिष्ठानमा सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएमा, तोकेको पारिश्रमिक दिन ढिलासुस्ती गरेमा, बालश्रम लगाएको पाइएमा पनि हटलाइनमा तुरुन्त उजुरी गर्न सकिन्छ । भाइबर र ट्विटरमार्फत आएका उजुरीको तुरुन्तै श्रम ऐन २०७५ र नियमावली २०७६ अनुसार कारबाही प्रक्रियामा लैजाने निर्देशक गोपले जानकारी दिनुभयो ।

त्यस्ता समस्या भएका श्रमिकले गोप्य रूपमा रोजगारदाताको प्रतिष्ठानको नाम र ठेगानासहित आफ्नो समस्या स्पष्ट भाइबर वा ट्विटरमार्फत तोकेको नम्बरमा पठाउन सक्ने पनि उहाँले जानकारी दिनुभयो । यस्ता उजुरी सुनुवाइका लागि विभागमा छुट्टै समूह बनाइएको र उक्त टोली आवश्यकताका आधारमा कानुनी सल्लाह लिएर उजुरीको सुनुवाइका लागि अगाडि बढ्ने निर्देशक गोपले जानकारी दिनुभयो ।

अनलाइनबाट श्रम स्वीकृति

यस्तै विभागले गैरआवासी नेपालीलाई दिँदै आएको श्रम स्वीकृति अब अनलाइनमार्फत पनि दिने तयारी गरेको छ । आगामी भदौ १ देखि अनलाइनमार्फत विदेशी नागरिकलाई श्रम स्वीकृति दिने गरी तयारी गरेको विभागले जनाएको छ ।

विभागका अनुसार यसका लागि सफ्टवेयर तयार भइसकेको छ । भदौ १ देखि विदेशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्न आउनेले त्यसका लागि अनलाइनबाट दिन सकिने व्यवस्था गरिएको छ । यसअघि विदेशबाट आएर काम गर्ने विदेशी श्रमिकले श्रम स्वीकृतिका लागि विभागमै आएर आवेदन दिनुपथ्र्यो । भदौदेखि आवेदनका लागि विभागमा आउनुपर्ने समस्या हटेको छ ।

विभागका निर्देशक गोपले विभागबाट सुरु गरिएको यस प्रकारको सिस्टममा नयाँ वा नवीकरण दुवै खाले श्रमिकले श्रम स्वीकृति अनलाइनबाट लिन सकिने जानकारी दिनुभयो ।

विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा विकास साझेदार कम्पनीको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न नेपालबाट श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या दुई हजार ९९४ रहेको थियो । जसमा नयाँ एक हजार ३६९ जना रहेका छन् भने श्रम नवीकरण गर्नेको सङ्ख्या एक हजार ६२५ रहेको छ । जब कि आव २०७८/७९ मा यो सङ्ख्या दुई हजार १८१ थियो । जसमा नयाँ ९५० जना थिए भने श्रम नवीकरण गर्ने एक हजार २३१ जना थिए । जुन आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा ८१३ जना बढी हो ।

श्रम स्वीकृति लिने र श्रम नवीकरण गर्नेको सङ्ख्या बढेसँगै यसलाई व्यवस्थित र सहज गराउनका लागि अनलाइन प्रणाली लागु गर्न लागेको विभागले जनाएको छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित