
काठमाडौं । सत्तारुढ गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसका उद्धव थापालाई बनाउने निर्णय गरेको छ । बिहीबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्तारुढ गठबन्धनको बैठकले बिहीबार बेलुका ५ बजेसम्म कांग्रेसका उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव गर्ने निर्णय गरेको बैठकमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
माओवादी केन्द्र कोशी प्रदेशसभा संसदीय दलका नेता ईन्द्रबहादुर आङबो र एकीकृत समाजवादीका राजेन्द्र राईलाई बोलाएर थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्न निर्देशन दिइएको पाण्डेले बताउनुभयो ।
‘कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापालाई बनाउने निर्णय गरियो,’ उहाँले भन्नुभयो, ‘आज बेलुका ५ बजेसम्म विराटनगर गएर थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्न ईन्द्रबहादुर आङबो र एकीकृत समाजवादीका राजेन्द्र राईलाई निर्देशन दिइएको छ ।’
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
काठमाडौं जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय
काठमाडौँ, वैशाख २९ । सरकारले सबै वर्ग, क्षेत्र र समुदायको अपनत्व सुनिश्चित हुने गरी राजनीतिक