तालीमे र प्रशिक्षार्थीकाे नाममा श्रम शोषण तीब्र : जिफन्ट

काठमाडौँ,  वैशाख २९ गते । नेपालमा उद्योग प्रतिष्ठानमा तालिमी र प्रशिक्षार्थी श्रमिक राख्ने क्रम भने बढ्दै गएको तथ्य सार्वजनिक भएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले गरेको श्रम कानुन कार्यान्वयनको विद्यमान अवस्थाबारेको श्रम अडिट प्रतिवेदन २०७९ ले तालिमी र प्रशिक्षार्थी श्रमिकको सङ्ख्या २० प्रतिशत भएको तथ्य सार्वजनिक गरेको हो ।

प्रतिवेदनका अनुसार उद्योग प्रतिष्ठानमा १९.१५ प्रतिशत तालिमी श्रमिक र २.१५ प्रतिशत प्रशिक्षार्थी श्रमिक राखिएको छ । उपत्यकामा सञ्चालित विभिन्न उद्योग प्रतिष्ठानमा काम गर्ने १४५ जना श्रमिकबिच अध्ययन गर्दा यस्तो पाइएको हो ।

प्रतिवेदनमा २०७५ को तुुलनामा २०७९ मा उद्योग प्रतिष्ठानमा काम गर्ने तालिमी र प्रशिक्षार्थी श्रमिक सङ्ख्या बढेको जनाइएको छ । २०७५ मा उद्योग प्रतिष्ठानमा काम गर्ने तालिमी र प्रशिक्षार्थी श्रमिकको सङ्ख्या नगण्य मात्रामा भएकामा हाल बढेर २० प्रतिशत पुुगेको प्रतिवेदनमा उल्लेख छ ।

जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले पछिल्लो पटक प्रतिष्ठित मानिएका होटेल,बैङ्क, उद्योग र अस्पतालमा समेत तालिमी र प्रशिक्षार्थी भन्दै ठूला सङ्ख्यामा श्रमिक लिएर महिनौँसम्म श्रम शोषण गरेको पाइएको बताउनुुभयो । उहाँले भन्नुुभयो, “साना उद्योग प्रतिष्ठानमा भन्दा ठूलामा प्रतिष्ठानमा छ महिना एक वर्षसम्म तालिमी र प्रशिक्षार्थीका नाममा श्रम शोषण भएको छ । यो व्रmम पछिल्लो पटक झन् बढेको छ, जुुन श्रम ऐनविपरीत हो तर यस विषयमा राज्यको नियमनकारी निकाय मौन छ ।”

प्रतिवेदन अनुसार तालिमी तथा प्रशिक्षार्थी श्रमिकलाई श्रमिकको वर्गीकरणमा भने समावेश गरिएको छैन । तालिमी र प्रशिक्षार्थी श्रमिकको अधिक प्रयोग गरी श्रम शोषणको नयाँ रूप विकास हुँदै गएको तथ्यले देखाउँछ ।

श्रम ऐनविपरीत श्रम शोषण गर्ने उद्योग प्रतिष्ठानको अनुुगमन तथा नियमन गरेर कारबाही गर्ने जिम्मेवार निकाय श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग हो ।

विभागका महानिर्देशक कृष्ण ज्ञवालीले तालिमी र प्रशिक्षार्थीका नाममा छ महिनादेखि वर्ष दिनसम्म बिनापारिश्रमिक काम लगाउनुु श्रम ऐन, २०७४ विपरीत भएको बताउनुुभयो । उहाँले पछिल्लो पटक केही निजी बैङ्क र अस्पतालमा तालिमी र प्रशिक्षार्थीका रूपमा कर्मचारी राखेर वर्ष दिनसम्म बिनापारिश्रमिक काम लगाएको भनिए पनि उजुरी अहिलेसम्म नआएको, कारबाही नभएको जानकारी दिनुुभयो । असाध्यै सीमित स्रोतसाधन र जनशक्तिबाट उद्योग तथा प्रतिष्ठान निरीक्षण गर्न सम्भव नभएको र अहिलेसम्म त्यस विषयमा उजुरी नआएको उहाँको भनाइ छ । सन् २०१८ को श्रम सर्वेक्षण अनुसार नेपालमा साढे नौ लाख वटा उद्योग प्रतिष्ठान छन् ।

महानिर्देशक ज्ञवालीले श्रम कार्यालयमा उपलब्ध दुुई-तीन जना जनशक्तिबाट त्यति धेरै सङ्ख्या उद्योग प्रतिष्ठानमा पुुगेर अनुुगमन गर्न सम्भव नभएको र उजुरी पर्खनुुपर्ने अवस्था रहेको बताउनुुभयो ।प्रतिवेदनले योगदानमा आधारित सामाजिक सुरक्षाका कारण रोजगारदाता र श्रमिकबिच हुने विवाद कम भएको पाइएको ठहर गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यव्रmमले उद्योग प्रतिष्ठानमा रोजगारदाता र श्रमिकबिच हुने श्रम विवाद घटेको पाइएको हो । प्रतिवेदनअनुसार यो वर्ष श्रम अडिट भएको उद्योग प्रतिष्ठानमध्ये १३ दशमलव ९७ प्रतिशतमा मात्र श्रमिकले व्यक्तिगत मागदाबी पेस गरेका छन् ।

तीन वर्षको बिचमा कम भएको माग दाबीले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीको प्रभावकारिता देखाएको जिफन्टको दाबी छ । प्रशिक्षार्थी नियमित श्रम अडिट हुने रोजगारदाता तथा प्रतिष्ठानका श्रमिक नै योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध भएका छैनन् । श्रम अडिट गरिएका प्रतिष्ठानमध्ये ६५ प्रतिशत मात्र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । आबद्ध भएकामध्ये ५६ प्रतिशतले मात्र योगदान रकम जम्मा गर्ने गरेका छन् । कोषमा सूचीकृत भए पनि ११ प्रतिशत उद्योग प्रतिष्ठानले योगदान रकम जम्मा नगरेको भन्दै जिफन्टका अध्यक्ष श्रेष्ठले कोषमा आबद्ध नभएका करिब आधा रोजगारदाताले उपदान नदिएको बताउनुुभयो ।

सामाजिक सुरक्षा कोषमा योगदान गर्ने उद्योग प्रतिष्ठानबाहेकका ६१.४ प्रतिशत उद्योग प्रतिष्ठानले सञ्चय कोष र ५१ दशमलव ९६ प्रतिशत प्रतिष्ठानले मात्र उपदान दिने गरेको देखिएको छ । सामाजिक सुरक्षा कोषमा आबद्ध नहुनुको पछाडि श्रमिकले काम गरेकै दिनदेखि पाउने उपदान र सञ्चय कोष नदिई श्रम शोषण गर्ने नियत राखेको प्रतिवेदनमा उल्लेख छ ।

सामाजिक सुरक्षा योजनामा सूचीकृत भएका रोजगारदाताले २० र श्रमिकका तर्फबाट ११ प्रतिशत गरी ३१ प्रतिशत मासिक रूपमा जम्मा गर्नुपर्ने नियम रहेको छ । सामाजिक सुरक्षा कोषमा अहिलेसम्म १७ हजार ८६२ रोजगारदाता र पाँच लाख ८९३ योगदानकर्ता सूचीकृत भएका छन् । जिफन्टले मिसन टु मिलियम अभियान मार्फत आगामी ४ वर्षमा २० लाख श्रमिकलाई सामाजिक सुरक्षाकोसमा सहभागीता गराउने लक्ष्य लिएर अगाडी बढेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

रास्वपाको केन्द्रीय समिति विस्तारप्रति असन्तुष्टि, बालेनको कोटाबाट आएका नामबारे आन्तरिक आलोचना

काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण