बैशाख २५, सुर्खेत ।जिफन्ट आवद्ध नेपाल स्वास्थ्य स्वयम्सेवी संघ (नेभा) सुर्खेतको सोमबार वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ को वडा कमिटी पुर्नगठन भएको छ ।
वडा नं. १३ स्थित जर्बुटा स्वास्थ्य चौकीमा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयम्सेवीहरुको भेलाले टीका रानाको अध्यक्षतामा सात सदस्यीय वडा कमिटी गठन गरेको हो । नवनिर्वाचित कमिटीको उपाध्यक्ष छली कुमारी थापा, सचिव निर्मला दर्लामी मगर, सहसचिव हस्ता पुलामी र सदस्यहरुमा सुस्मीता थापा, मनकुमारी वली र खीमा सलामी रहनु भएको छ ।
भेलालाई सम्बोधन गर्दै जिफन्ट कर्णाली प्रदेश कमिटी सचिव श्रीपाल सारु मगरे सामुदायिक महिला स्वास्थ्य स्वयम्सेवीहरुलाई राज्यले प्रदान गर्ने सेवासुविधा जीउन पुग्ने नभएको र न्यूनतम पारिश्रमिक प्राप्तिका लागि संगठित भई लाग्नु पर्ने बताउनुभयो । सचिव सारुले सदिऔंदेखि सेवकको रुपमा मात्र हेर्ने राज्यको दृष्टिकोण अब सह्रय नहुने र यसका लागि देशव्यापी रुपमा स्वयम्सेविकाहरु एकजुट भई अधिकारका लागि लड्न तयार भएको चेतावनी दिनुभयो ।
त्यसैगरी सहभागी स्वयम्सेविकाहरुलाई निर्देशन दिंदै नेभा केन्द्ीय सदस्य भिूम रिजालले आगामी भविष्यलाई सुनिश्चित गर्न हामी आफ्नै कार्यस्थल र समुदायबाट राज्यले प्रदान गर्ने हरेक सेवासुविधाबाट प्रत्याभूति हासिल गर्न एकजुट भई लाग्नुपर्ने बताउनुभयो ।
भेला स्वास्थ्य स्वयम्सेवी ननिसरा घर्तीको अध्यक्षतामा सम्पन्न भएको थियो भने भेलामा वडामा कार्यरत १९ जना स्वास्थ्य स्वयम्सेवीहरुको सहभागिता रहेको थियो । सहभागीहरुले अबको कामलाई मर्यादित र सम्मानित रुपमा निरन्तरता दिलाउन संगठनको भावना र मर्म बुझेर अगाडी बढ्ने प्रतिवद्धता जनाएका छन् ।
युनिसेफलाई गैरकानुनी रुपमा ५०० ल्यापटप किनाएर बेवारिसे बनाइएपछि विभाग र युनिसेफमा उच्चअधिकारीहरु तनावमा २०८० जेठ,१
बुटवल, १ जेठ । बुटवलमा महमा अखाद्यपदार्थ मिसावट गरेर उपभोक्तालाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ
२६ बैशाख, सुर्खेत । कर्णालीका सामुदायिक स्वास्थ्य स्वयम्सेवीहरुको प्रतिनिधित्व गर्दै मर्यादित काम, उचित ज्याला र
२०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयताको नाममा थोपरिएको प्रदेश संरचना नेपाललाई घाँडो भएको
बैशाख ४ भक्तपुर । सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका तीन शीर्ष नेताबीच संसद्मा