जिउन पुग्ने पारिश्रमिकको लागि स्वास्थ स्वयंसेवी लड्न तयार

बैशाख २५, सुर्खेत ।जिफन्ट आवद्ध नेपाल स्वास्थ्य स्वयम्सेवी संघ (नेभा) सुर्खेतको सोमबार वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ को वडा कमिटी पुर्नगठन भएको छ ।
वडा नं. १३ स्थित जर्बुटा स्वास्थ्य चौकीमा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयम्सेवीहरुको भेलाले टीका रानाको अध्यक्षतामा सात सदस्यीय वडा कमिटी गठन गरेको हो । नवनिर्वाचित कमिटीको उपाध्यक्ष छली कुमारी थापा, सचिव निर्मला दर्लामी मगर, सहसचिव हस्ता पुलामी र सदस्यहरुमा सुस्मीता थापा, मनकुमारी वली र खीमा सलामी रहनु भएको छ ।
भेलालाई सम्बोधन गर्दै जिफन्ट कर्णाली प्रदेश कमिटी सचिव श्रीपाल सारु मगरे सामुदायिक महिला स्वास्थ्य स्वयम्सेवीहरुलाई राज्यले प्रदान गर्ने सेवासुविधा जीउन पुग्ने नभएको र न्यूनतम पारिश्रमिक प्राप्तिका लागि संगठित भई लाग्नु पर्ने बताउनुभयो । सचिव सारुले सदिऔंदेखि सेवकको रुपमा मात्र हेर्ने राज्यको दृष्टिकोण अब सह्रय नहुने र यसका लागि देशव्यापी रुपमा स्वयम्सेविकाहरु एकजुट भई अधिकारका लागि लड्न तयार भएको चेतावनी दिनुभयो ।
त्यसैगरी सहभागी स्वयम्सेविकाहरुलाई निर्देशन दिंदै नेभा केन्द्ीय सदस्य भिूम रिजालले आगामी भविष्यलाई सुनिश्चित गर्न हामी आफ्नै कार्यस्थल र समुदायबाट राज्यले प्रदान गर्ने हरेक सेवासुविधाबाट प्रत्याभूति हासिल गर्न एकजुट भई लाग्नुपर्ने बताउनुभयो ।
भेला स्वास्थ्य स्वयम्सेवी ननिसरा घर्तीको अध्यक्षतामा सम्पन्न भएको थियो भने भेलामा वडामा कार्यरत १९ जना स्वास्थ्य स्वयम्सेवीहरुको सहभागिता रहेको थियो । सहभागीहरुले अबको कामलाई मर्यादित र सम्मानित रुपमा निरन्तरता दिलाउन संगठनको भावना र मर्म बुझेर अगाडी बढ्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न

गण्डकी प्रदेश सडक ऐन संशोधन विधेयक सर्वसम्मत पारित

पोखरा, १६ चैत २०८२ ।  गण्डकी प्रदेशसभाले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न

पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो

काठमाडौँ, चैत १५ ।तीन पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba, K. P. Sharma Oli र Pushpa Kamal

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’