ट्रेड युनियन महासंघ नेपाल टुकोन ललितपुर अध्यक्षमा पराजुली

२ वैशाख,ललितपुर । राप्रपा नेपाल निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को ललितपुर अध्यक्षमा जिबनकृष्न पराजुली चयन भएका छन् ।संगठनका केन्द्रीय अध्यक्ष हिक्मतजंग भण्डारीको उपस्थितिमा भएको कार्यक्रममा कमिटीलाई पुनर्गठन गरि जिम्मेवारी तोकिएको छ । कार्यक्रममा बोल्दै भण्डारीले आम श्रमिकहरुको हकहितको संरक्षणको निमित्त (टुकोन) को स्थापना गरिएकोले श्रमिकहरुको जस्तोसुकै समस्यामा साथ दिन टुकोन प्रतिबद्ध रहेको बताएका छन् । उनले ठुला पार्टी निकट श्रमिक संगठनहरुले श्रमिकलाई अमुक पार्टीलाई सत्तामा पुर्याउने भर्याङको रुपमा मात्र प्रयोग गरेकोले वास्तविक श्रमिकहरु मारमा परेको भन्दै संगठित, असंगठित श्रमिकहरुको हितको लागि अग्रसर टुकोनमा समाहित हुन भण्डारीले श्रमिकहरुलाई आग्रह गरे ।
आज पुनर्गठित ललितपुर जिल्ला कार्य समितिको अध्यक्षमा पराजुली तथा सदस्यहरुमा विजय वोहरा, दिनेश शाही, सुनिल पराजुली, शोभा घिमिरे, जानुका सापकोटा, विजयराज शर्मा, जितेन्द्र कुमार गुप्ता, सविन श्रेष्ठ र नविन खड्का रहेका छन् भने सल्लाहकारमा रामहरि घिमिरे चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा