काठमाडौँ, ९ भदौ । काठमाडौँ महानगरपालिकामा स्वीकृत गराएको नक्सा बमोजिम नबनाएको व्यावसायिक प्रयोजनका भवनहरु भत्काउन थालिएको छ । पहिलो दिन बानेश्वर क्षेत्रबाट शुरू गरेको अभियान हिजो काठमाडौं मल, आरबी कम्प्लेक्स र दरबारमार्गस्थित लन्डन पत्र हाउसमा पुगेको छ ।
कामपाका प्रमुख बालेन्द्र साह, उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी र वडाध्यक्ष, कामपा प्रहरी प्रमुख राजनाथ पाण्डेसहितको टोली बिहानै सुन्धारास्थित काठामाडौंमल पुगेको थियो । मेयर साहले गोप्य तालिका तयार गरी अवैध संरचना भत्काउन थालेका छन् । ३५ दिनअघि दिएको सूचनालाई बेवास्ता गरी बेसमेन्टमा व्यवसाय सञ्चालन गरेपछि महानगरले काठमाडौं मलको दुईतले बेसमेन्ट भत्काएको हो । महानगरले डोजर, क्रेनसहित सामग्री लिएर संरचना भत्काउन पुगेका थियो ।
कामपा प्रमुख साहका अनुसार सूचनालाई अटेर गरी मनपरी रूपमा संरचना निर्माण गरेपछि भत्काउन बाध्य भएको बताए । डबल पार्किड स्पेसलाई व्यवसाय सञ्चालन गरेकाले पनि भत्काएका हो, कामपा प्रहरी प्रमुख पाण्डेले भने । काठमाडौं मलको संरचना भत्काएपछि सो टोली खिचापोखरीस्थित आरबी कम्प्लेक्स पुगेको थियो । यो अभियानलाई अब निरन्तर तर आकस्मिक रुपमा सम्पन्न गर्ने मनस्थितिमा बालेन रहेको बुझिएको छ।
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
कात्तिक १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार
आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको
काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति