सामाजिक सुरक्षा कोषद्वारा ४ प्रकारको सापटी सेवा दिन शुरु

काठमाडौँ, १ भदौ । सामाजिक सुरक्षा कोषअन्तर्गत योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिकले कोषबाट सापटी रकम पाउने भएका छन् । सामाजिक सुरक्षा योजनामा नियमित योगदान गर्ने श्रमिक तथा कर्मचारीले घर, शैक्षिक, सामाजिक कार्य र विशेष सापटी गरी ४ वटा सुविधा पाउने भएका हुन् ।

सरकारले सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिकका लागि योगदानकर्ता सापटी निर्देशिका जारी गरेपछि सापटी योजना सुरु भएको हो । कोषले सापटी योजनाअन्तर्गत घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी र विशेष सापटी योजना भदौ १ गतेबाट सुरु गरेको छ । यी ४ वटा सापटी योजना अन्तर्गत मंगलबारबाट विशेष सापटी सेवा कार्यान्वयनमा आउने कोषले जनाएको छ । कोषका प्रवक्ता विवेक पन्थीले योगदानकर्ता सापटी निर्देशिका अनुसार प्रक्रिया सरल मानिएको विशेष सापटी योजना सेवा मंगलबारबाट कार्यान्वयनमा आउने बताए । उनका अनुसार प्रक्रियाका हिसाबले विशेष सापटी २ कार्यदिनमा नै लिन सकिने भएकोले यसबाट सुरु भएको हो ।

निर्देशिकाअनुसार विशेष सापटी लिएको योगदानकर्ताले चाहेमा एक वर्ष पूरा भएपछि पुन: विशेष सापटी लिन सक्ने प्रावधान रहेको छ । यसैगरी साविकमा लिएको सापटी चुक्ता गरेमा जुनसुकै समयमा पुन: विशेष सापटी प्रदान गर्न सकिन व्यवस्था रहेको छ ।

कोषमा योगदान रकम नियमित जम्मा गरेको ३ वर्षपछि सापटी लिन सकिने व्यवस्था रहेको हुनाले ३ वर्ष पुगेका सबैले सरल प्रक्रियामा सापटी लिन सक्ने कोषले जनाएको छ । विशेष सापटी लिएका योगदानकर्ताले मासिक तलबबाट कट्टी गरी वा कोषले तोकेको बैंक खातामा पटकपटक वा एकै पटक जम्मा गरी सापटी रकम चुक्ता गर्न सक्ने जनाइएको छ । विशेष सापटीबाहेक अन्य सापटीको हकमा भने कोषले तोकेअनुसार धितो राख्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन ‘हेर्न नमिल्ने’

काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्नुपर्ने माग राखी दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न

अवदेखि सवै सरकारी करार तथा ज्यालादारी कर्मचारले सामाजिक सुरक्षाकोषको सुविधा पाउने

  बैशाख ३, काठमाण्डौं । काठमाडौं । पेन्सन अर्थात् निवृत्तिभरण सुविधा लिने बाहेकका सबै सरकारी

न्यायको कठघरामा न्यायिक समिति

वसन्त आचार्य  २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका