सुर्यविनायक क्षेत्र प्रबन्ध समितिको अध्यक्षमा बस्नेत


पिपुल नेपाल संवाददाता,२९ साउन,भक्तपुर।
सुर्यविनायक नगरपालिका वडा नं.८ का अध्यक्ष पुष्पराज बस्नेत सुर्यविनायक क्षेत्र प्रबन्ध समितिको अध्यक्षमा निर्वाचित हुनुभएको छ।आईतवार भक्तपुरमा भएको एक कार्यक्रममा सिमितिका पुर्व अध्यक्ष किरण थापाको बिदाई र नवनिर्वाचित अध्यक्ष बस्नेतले पदबहाली गर्नुभएको हो।

समन्धित देवालय मठ,मन्दिर नगरपालिका वा वडाको निर्वाचित अध्यक्षनै समितिको अध्यक्ष हुने प्रावधान अनुरुप बस्नेत समितिको अध्यक्ष बन्नुभएको हो।सुर्यविनायक गणेश मन्दिर वडा नं.६ र ८ को सिमानामा पर्ने भएकोले समन्वय गर्न सजिलो होस भनेर ६ नं.वडाको अध्यक्ष ईश्वर खड्कालाई पनि कार्यसमिति सदस्यको रुपमा राखिएको छ भने सदस्य सचिवमा वडा नं ८ का प्रशासकिय अधिकृत मोहन गिरि नियुक्त हुनुभएको छ।त्यस्तै सदस्यहरूमा, बिशेष भौतिक पुर्वाधार क्षेत्रविकास आयोजना, पुरातत्व विभाग,गुठी संस्थान,इलाका प्रहरी कार्यालय जगाती,नित्य पुजारी,गुठियार नाईके,समाजसेवी,बुद्धिजीवी बाट एक-एक जना चुनिएका छन।

सांस्कृतिक धार्मिक तथा पर्यटकीय महत्व रहेको मठ मन्दिरहरुको संरक्षण,जिर्णोद्धार र विकास समन्धी कार्यविधी २०६७ अनुरुप स्थापना भएको समितिले नेपाल सरकार बाट २०६७-४-२७ मा स्वीकृति प्राप्त गरेको थियो।

वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गरि आयोजनालाई जानकारी गराउने, आफ्नो कार्यक्षेत्रमा रहेका देवालय,मठ मन्दिर जस्ता धार्मिक ऐतिहासिक स्थलहरुको संरक्षण,जिर्णोद्धार,पुर्वाधार संरचनाहरुको निर्माण,संरक्षण र दिगो ब्यवस्थापन गर्ने, परम्परादेखी चलिआएको रित,धार्मिक परम्परा र आस्थालाई जगेर्ना गर्दै नियमित पुजा,जात्रा संचालन र ब्यवस्थापन गर्ने जस्ता दर्जनौं उदेश्य सहित समितिको स्थापना गरिएको नवनिर्वाचित अध्यक्ष पुष्पराज बस्नेतले पिपुल नेपाल संगको एक संवादमा बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा