सूचना लुकाउनेलाई जरिवाना,’परीक्षा नियन्त्रक परे २० हजार रुपियाँ जरिवानामा”

काठमाडौँ, ११ साउन । आवेदकले भने अनुसार सूचना उपलब्ध गराउन नमान्ने त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशी २० हजार रुपियाँ जरिवानामा परेका छन् । राष्ट्रिय सूचना आयोगले जोशीलाई कारबाहीस्वरूप उक्त जरिवानाको फैसला गरेको हो । रौतहटका राजीव दासले सूचनाको हक प्रयोग गरी निवेदन दिँदा पनिकाले अटेरी गरेपछि आयोगमा उजुरी दिएका थिए ।

सोही उजुरीको आधारमा आयोगले मङ्गलबार जरिवानाको फैसला गरेको आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले जानकारी दिए । दासले निवदेन दिएपछि आयोगले त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुका कार्यालय प्रमुखका नाममा पटक–पटक लिखित जवाफ मागेको थियो । साथै सूचना उपलब्ध गराउन आदेश पनि दिएको थियो । तर पनि पनिकाले सूचना मागकर्तालाई सूचना उपलब्ध नगराएको गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

सैनिक अदालतले संवेदनशील मुद्दामा पीडितको गोपनीयता उल्लंघन गर्नु न्यायोचित नहुने

काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ