June 12, 2022

भक्तपुर जिसस प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी

 जेष्ठ २९,भक्तपुर। जिल्ला समन्वय समिति (जिसस) भक्तपुरको प्रमुखमा नेकपा एमालेका इश्वर थापा विजयी भएका छन् । गोला प्रथाबाट उनी जिसस प्रमुखमा विजयी बन्न सफल भएका हुन् । उपप्रमुखमा भने कांग्रेसकी सुजाता बाडे विजयी भएकी छन् ।

जिल्ला समन्वय समितिका लागि यहाँं आठ जना मतदाता थिए । चार वटा नगरपालिकाका प्रमुख र उपप्रमुख यसका लागि मतदाता हुन्छन् । जिल्लामा सत्ता गठनबन्धनको तीन, एमालेको तीन र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को दुई मत थियो ।

यो हिसाबले नेमकिपा निर्णायक भएको थियो । त्यसकारण उसलाई मनाउन दुवै पक्षका दलले भरपुर प्रयास गरेक थिए । दुवै पक्षले नेमकिपालाई प्रमुख पद दिएका थिए । तर, उक्त पार्टीले एमसीसी पास गर्ने दलहरूसँंग कुनै हालतमा गठबन्धन नगर्ने अडान राखेपछि मतदान भएको थियो ।

मतदानमा सत्ता गठबन्धन र एमाले दुवैले तीन तीन मत प्राप्त गरेको थिए । मत बराबर भएपछि गोलाप्रथा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन

गण्डकी सरकारले खारेज गर्‍यो ९ निकाय, १५ कार्यालय गाभिँदै

मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती