विराटनगर महानगरपालिकाको मेयर काँग्रेस र उपमेयमा एमाले विजयी

विराटनगर, ७ जेठ । विराटनगर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धन नेपाली काँग्रेसका नागेश कोइराला र उपमेयरमा एमालेका शिल्पा कार्की विजयी हुनुभएको छ ।

गएराति सार्वजनिक गरिएको मतपरिणामको अन्तिम मतपरिणामअनुसार कोइराला ३० हजार १७० मतका साथ विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सागर कुमार थापाले २१ हजार ४५५ मत प्राप्त गर्नुभयो । स्वतन्त्र उम्मेदवार उमेश कुमार यादव तेस्रो हुनुभयो ।

यसैगरी सो महानगरपालिकाको उपमेयरमा एमालेकी शिल्पा कार्की विजयी हुनुभएको छ । उहाँले जसपाका अमरेन्द्र यादवलाई पराजित गर्दै विजयी हुनुभयो । शिल्पाले २५ हजार ६८० मत पाउँदा अमरेन्द्रले १४ हजार २१९ मत पाउनुभयो । गठबन्धन तोड्दै उपमेयर एमालेले जितेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न

सम्पत्ति विवरणबारे गृहमन्त्री गुरुङको स्पष्टोक्ति

काठमाडौँ, वैशाख ७ गते । गृहमन्त्री सुधन गुरुङले रु २५ लाखको सेयरका विषयबारे आफ्नो सम्पत्ति विवरणमै