आयात नियन्त्रण र रेमिट्यान्स बढ्दा विदेशी मुद्रा सञ्चिति तीन करोड डलरले वृद्धि

वैशाख २८, काठमाडौं: लगातार दोस्रो महिना पनि रेमिट्यान्समा सुधार देखिँदा शोधनान्तर घाटा भने बढ्ने क्रममै देखिएको छ । चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर घाटा दुई खर्ब ६८ अर्ब २६ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

फागुन मसान्तमा दुई खर्ब ५८ अर्ब ६४ करोड रहेको शोधनान्तर घाटा  एक महिनामा साढे नौ अर्बभन्दा माथिले बढेको छ ।

गत आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोडले बचतमा थियो । लगातार रूपमा देखिएको उच्च आयातले फागुन र चैत महिनामा मासिक ९० अर्बभन्दा माथि आयात भए पनि त्यसले आयात धान्न पर्याप्त नहुँदा भुक्तानी सन्तुलन घाटा बढ्दै गएको छ ।

योसँगै चालु खाता घाटा पनि बढेर पाँच खर्ब नाघेको छ । फागुन मसान्तमा चार खर्ब ६२ अर्ब ९३ करोड रहेको चालु खाता घाटा चैत मसान्तमा बढेर पाँच खर्ब १२ अर्ब ७१ करोडले पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता दुई खर्ब १० अर्ब ५१ करोडले घाटामा थियो ।

रेमिट्यान्समा केही सुधार र सरकारले विदेशी सहायता परिचालन बढाउँदा फागुनभन्दा चैतमा विदेशी मुद्रा सञ्चितिमा भने सामान्य सुधार भएको छ । फागुन मसान्तमा नौ अर्ब ५८ करोड डलर कायम भएको विदेशी मुद्राको सञ्चिति चैतमा सामान्य बढेर नौ अर्ब ६१ करोड डलर पुगेको छ ।

फागुनको तुलनामा चैतमा डलरको मूल्यमा केही कमी आउँदा नेपाली मुद्रामा विदेशी मुद्राको सञ्चिति केही घटेको देखिएको छ । फागुन मसान्तमा ११ खर्ब ७१ अर्ब रहेकामा चैत मसान्तमा ११ खर्ब ६७ अर्ब ९२ करोड कायम भएको छ ।

२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले घटेको हो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति १० खर्ब २१ अर्ब ४५ करोड कायम र बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति एक खर्ब ४६ अर्ब ४८ करोड कायम रहेको छ ।

०७८ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

विदेशी मुद्रा सञ्चिति घट्ने क्रम रोकिँदा सञ्चिति पर्याप्त सूचकांक पनि स्थिर देखिएको छ । आर्थिक वर्ष २०७८/७९ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको बाबजुद पनि आयातमा कडाइले केही नियन्त्रण हुँदा विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव देखिएको हो ।  अर्कोतर्फ, माघसम्म मासिक औसत ७५ अर्बभन्दा तल रहेको रेमिट्यान्स फागुन र चैतमा ९० अर्ब नाघेको छ । जसले गर्दा बाह्य क्षेत्रमा केही सुधारात्मक संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना