निर्वाचनमा टेलिकमको अफर

बैशाख २५, काठमाडौं: नेपाल टेलिकमले वैशाख ३० गते देशभर हुने स्थानीय निर्वाचन जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ ।

टेलिकमका प्रवक्ता शोभन अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त अवसरमा रु ९८ मा आवश्यकताअनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने उल्लेख छ । उक्त अफर यही  वैशाख २५ देखि जेठ ४ गतेसम्म उपलब्ध हुनेछ ।

“टेलिकमले जुनसुकै नेटवर्कमा पनि कुरा गर्न सकिने भ्वाइस अफर र जुनसुकै नेटवर्कमा पनि एसएमएस पठाउन सकिने एसएमएस अफर उपलब्ध गराउनेछ”, विज्ञप्तिमा भनिएको छ, “तीन दिनसम्म सबै नेटवर्कमा २०० मिनेट कुराकानी गर्न सकिने २०० मिनेट भ्वाइस प्याक जम्मा रु ९८ मा उपलब्ध हुनेछ, तीन दिनसम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३०० वटा एसएमएससहितको ३०० एसएमएस प्याक पनि रु ९८ मा उपलब्ध हुनेछ ।”  
 
त्यसैगरी तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जिबी डाटा प्याक जम्मा रु ९८ मा खरिद गर्न सकिनेछ । यही वैशाख २५ देखि जेठ ४ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । टेलिकमले निर्वाचनको समयमा उपलब्ध हुने यस अफरबाट ग्राहकले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका

सामाजिक मर्यादा ध्वस्त बनाउने घृणाको राजनीति नियन्त्रण गर्छौं : प्रधानमन्त्री

फागुन १५ , काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र

‘पत्रकारिताको माध्यमबाट निराशा हटाउनुपर्छ’

 फागुन ९,ललितपुर । पत्रकारिता क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार तथा वक्ताहरुले पत्रकारिताको माध्यमबाट हरेक क्षेत्रमा भएका