तीव्र गतिमा निर्वाचनको तयारी अघि बढेको छ :निर्वाचन आयोग

काठमाडौं, बैशाख ६ः यही वैशाख ३० गते हुने निर्वाचनको मिति नजिकिँदै गएसँगै निर्वाचनको तयारी तीव्र गतिमा अघि बढेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय तहको निर्वाचनको लागि मतपत्र छाप्ने काम धमाधम भइरहेको जानकारी दिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हालसम्म ४६ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छपाइ कार्य लगभग सकिएको जानकारी दिँदै भने–‘१ करोड ९४ लाख थान मतपत्रमध्ये सोमबारसम्म ४६ जिल्लाका लागि आवश्यक ९५ लाख २५ हजार मत्रपत्र छपाइ सकिएको छ ।’

निर्वाचनका लागि चाहिने सामग्रीहरू केही नेपाल भित्रिसकेको र केही आउने क्रममा रहेको जानकारी दिँदै उनले स्थानीय तहको निर्वाचनका लागि वैदेशिक सहयोग प्राप्त नभएको बताए । उनले भने– ‘आयोगले सहयोगका लागि आह्वान गरेको थियो । तर, हालसम्म सहयोगको कुनै आश्वासन वा संकेत प्राप्त भएको छैन । आयोगले अर्थ मन्त्रालयसँगको समन्वयमा सबै दाताहरूसँग जुम मिटिङ गरेको थियो । तर, जुम मिटिङमा त्यति उत्साहजनक प्रतिबद्धता प्राप्त भएन ।’

आयोगले सामानको सूची उल्लेख नगरी वैदेशिक सहयोगको आह्वान गरेको जानकारी दिँदै प्रवक्ता पौडेलले भने– ‘उहाँहरूले नगद सहयोग गर्न पनि सक्नुहुन्छ । मतपेटिका सहयोग गर्न सक्नुहुन्छ । स्वस्तिक छाप वा जसले जे सक्छ त्यही सहयोग गर्न सक्नुहुन्छ । निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने सामग्री सबैलाई थाहा छ । रबरम्याट पनि सहयोग गर्न सक्नुहुन्छ ।’

वैदेशिक सहायता प्राप्त भएको भए नेपाल सरकारको बजेट बचत हुन्थ्यो भन्ने आयोगलाई लागेको तर, कुनै पनि खालको सहयोगको आश्वासन वा संकेत प्राप्त नभएको भन्दै प्रवक्ता पौडेलले भने– ‘अर्थले उपलब्ध गराएको बजेटबाटै सामग्रीहरू खरिद गरेका छौं । अब सहयोगको त्यति धेरै सान्दर्भिकता पनि रहेन ।’ यद्यपि, तालिमलगायतका विषयमा दुईवटा विकास साझेदार संस्थाहरूबाट सहयोग प्राप्त भएको छ ।’

त्यसै गरी मतदान गर्ने दिन मतदान केन्द्रमा प्रवेश गर्ने अशक्त र अपांगता भएकालाई पहिलो प्राथमिकता दिइने आयोगले जनाएको छ । मतदान केन्द्रलाई अपांगमैत्री बनाउने गरी व्यवस्थापन गर्न सबै स्थानीय तहलाई पत्राचार गरिएको र मतदान केन्द्रमा पुग्नेहरूमध्ये सबैभन्दा पहिलो प्राथमिकता अपांगता भएकाहरूलाई दिइने आयोगले जनाएको छ ।
आयोगका अनुसार ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा देशभर २१ हजार ९ सय ५५ वटा मतदात केन्द्र तोकिएको छ । १० हजार ७ सय ५६ मतदान स्थलमा २१ हजार ९ सय ५५ वटा मतदान केन्द्र रहनेछ । एउटा मतदान स्थलमा एकभन्दा बढी केन्द्र पनि रहने छन् ।

आयोगले आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल र नेताहरूसँग जवाफ माग गरिएको जानकारी पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

साइबर जोखिमले सरकारी वेबसाइट बन्द

२०८३ कार्तिक ८, काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण

कार्यसमितिमा नभएकी व्यक्तिलाई कोषाध्यक्षको जिम्मेवारी, राखेपमा उजुरी

२६ असोज , काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको कार्यसमितिमा नरहेकी पवित्रा रेग्मीलाई बैंक

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना