काठमाडौं । एएफसी फुटसल एसियन कप सेन्ट्रल तथा साउथ जोनको छनोट प्रतियोगितामा नेपालले आज समूहको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । अघिल्लो चरणको सम्भावना समाप्त भइसकेकाले नेपालका लागि आजको खेल प्रतिष्ठाको मात्र हुनेछ ।
पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको नेपाल दोस्रो खेलमा ताजकिस्तानसँग ११–१ ले पराजित भएको थियो । अफगानिस्तानको भने अघिल्लो चरण पुग्ने झिनो सम्भावना बाँकी छ । अफगानिस्तानले नेपाललाई फराकिलो अन्तरमा हराउँनुका साथै उज्वेकिस्तानले ताजकिस्तानलाई हराइदियो भने अफगानिस्तानको सम्भावना कायम रहन्छ । त्यसैले नेपालका लागि यो प्रतिष्ठाको खेल भए पनि अफगानिस्तानका लागि भने महत्वपूर्ण छ ।
अफगानिस्तानले पहिलो खेलमा ताजकिस्तानसँग ४–४ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको थियो । आजै उज्वेकिस्तान र ताजकिस्तानले प्रतिस्पर्धा गर्दैछन् ।
नेपालले अफगानिस्तानविरुद्ध किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा दिउसो १ः४५ बजे खेल्नेछ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा