कोरोना खोप लगाएको ३ महिनामै अब बुस्टर डोज दिइने

काठमाडौं, २० चैत्र । अब कोभिड–१९ विरुद्धको खोपको पहिलो श्रृंखला पुरा गरेको ३ महिनापछि बुस्टर खोप लगाउन पाइने भएको छ ।

यसअघि खोपको पहिलो श्रृंखला पुरा गरेको ६ महिना पछि मात्र बुस्टर खोप लगाइदै आएकोमा राष्ट्रिय खोप सल्लाहाकार समितिको गत चैत्र १३ को सिफारिशको आधारमा स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाले पहिलो श्रृंखला पुरा गरेको ३ महिनामै खोप दिने निर्णय गरेको हो ।

साथै मन्त्रालयले खोप लगाउन छुटेका नागरिकहरुलाई तोेकिएको खोप केन्द्रहरुबाट निरन्तर पहिलो तथा बुस्टर खोप लगाउन पनि आग्रह गरेको छ ।

महाशाखाले सबै प्रदेशको स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गरी पहिलो श्रृंखलाको खोप पूरा गरेको तीन महिनामै बुस्टर डोज दिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।