ओलीको पार्टी धेरै बलियो छ, एक्लै जितिएला भन्ने नसोचे हुन्छ : सभापति देउवा

काठमाडौँ, १२ चैत । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले देशभर बलियो अवस्थामा रहेकाले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानुको विकल्प नभएको स्वीकारोक्ती गर्नुभएको छ ।

आज बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४ औं वार्षिक साधारणसभामा देउवा र शेखर कोइराला एउटै मञ्चमा एउटै मञ्चबाट सवाल-जवाफ पनि चलेको छ । मन्तव्य राख्ने क्रममा प्रधानमन्त्री देउवाले गठबन्धन गर्न आवश्यक रहेको बताउनुभयो । त्यस्तै कोइरालाले गठबन्धन गर्दागर्दै छिमेकी मुलुक भारतको कांग्रेस आईको अवस्था चारैतिर कमजोर भएको अवस्था सुनाउनुभयो । देउवाले एमाले र माओवादी फुटेकाले जितिहाल्छौं भनेर ढुक्क हुने अवस्था नरहेको बताउनुभयो ।

सभापति देउवाले भन्नुभयो, ‘पार्टी कमजोर नहोस्, बलियो होस् । सहमति गरेर कहाँ-कहाँ सकिन्छ गठबन्धन गरौं, ओलीजीको पार्टी धेरै बलियो छ, एक्लै जितिएला भन्ने आशंका नगरे हुन्छ । फेरि प्रचण्ड पनि हार्नका लागि उठ्दैनन् । एमालेसँग मिलिदिन सक्छन् ।’

नेता कोइरालाले नेपाली कांग्रेसको आफ्नै विचार, सिद्धान्त रहेको भन्दै त्यही विचार र सिद्धान्तलाई अगाडि बढाई पार्टीभित्रको गुटउपगुटलाई मिलाए गठबन्धन बनाएर जानुपर्ने आवश्यकता नरहेको उल्लेख गर्नुभयो । कोइरालाले स्थानीय चुनावमा मात्रै नभएर प्रदेश र प्रतिनिधिसभा निर्वाचन जित्न जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गुटउपगुटलाई मिलाएर लैजाने प्रयास आदरणीय सभापतिले गरिरहनुभएको छ, गर्नुपर्छ, अझ जिम्मेवार ढंगले मिलाएर अगाडि लैजान आग्रह गर्छ । एकातिर गठबन्धन गरेर जाने, तर कांग्रेसका कार्यकर्ताबीच मेलमिलाप नहुने भयो भने जतिसुकै गठबन्धन गरे पनि औचित्य हुँदैन। गठबन्धन कसरी गर्ने के गर्ने भन्नेकुरा केन्द्रीय समितिमा छलफल हुँदैछ । त्यो छलफलले निचोड निकाल्छ । निर्वाचनमा एमाले र माओवादी उभिए एकठाउँमा मिल्ला भन्ने हाम्रो चिन्ता हो। गठबन्धन गर्दा कहीँ नेपाली कांग्रेसको विचार सिद्धान्त कमजोर हुन्छ कि भन्ने चिन्ता त्यतिकै छ । गठबन्धन गर्दा नेपाली कांग्रेस कता(कता मलाई आभाष हुन्छ, भारतको कांग्रेस आई सम्झन्छु । १० वर्षअघिको कांग्रेस आई आज चारैतिर कमजोर भएको अवस्था छ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको आग्रह: समयमा विवाह गरी सन्तान उत्पादनमा ध्यान दिनु उत्तम

काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

 सरकारी सेवामा पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड