मधेस प्रदेशसभा बैठक चौथोपटक स्थगित !

जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभा बैठक बस्दै नबसी चौथोपटक स्थगित गरिएको छ । यही चैत ९ गतेका लागि बोलाइएको प्रदेशसभाको बैठक दुई दिनपछि बस्ने गरी सारिएको हो ।

बैठक अब चैत ११ गते शुक्रबार दिउँसो २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसअघि, फागुन १ गतेका निर्धारित बैठक ‘जनयुद्ध’ दिवस मनाउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुर आएकाले स्थगित गरिएको थियो ।

यस्तै, फागुन १० गतेको बैठक आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह भारत भ्रमणमा रहेकाले स्थगित गरिएको थियो । फागुन २२ गतेका लागि निर्धारित बैठक गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली मधेस भ्रमणमा आएकाले स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा