मुलुकका विश्वविद्यालय सुधार्नुपर्छ : मन्त्री पौडेल

काठमाडौँ, १ चैत  । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मुलुकका ११ विश्वविद्यालय सुधार्न अति नै जरुरी रहेको बताएका छन् ।

गोदावरी नगरपालिका-११ मा अवस्थित जनभावना क्याम्पसको ३१औँ वार्षिकोत्सव तथा डिजिटल जुम स्टुडियो फर इन्टरनेशनल कन्फरेन्स एवं जेबिसी खबर डटकमको उद्घाटन गर्दै आज उनले त्रिभूवन विश्वविद्यालयअन्तर्गत क्याम्पसलाई समयमै सुधार नगरे गुणस्तरीय शिक्षा प्रदान गर्न कठिन हुने गुनासो गरे ।

उनले भने, ‘यहाँका विश्वविद्यालय सुधार गर्न सरकार मात्रै नभएर सामूहिकरूपमा अघि बढ्नुपर्ने देखिन्छ । शिक्षालाई परम्परागतरूपमा मात्रै नभएर प्रविधिमार्फत पनि अघि बढाउनुपर्ने भएको छ ।’ शिक्षा सुधारका लागि आफूहरूले चार ऐन बनाएर विभिन्न निकायमा छलफलका लागि पठाएको उनको भनाइ छ । मुलुकमा अघि बढिरहेको माध्यमिक शिक्षा सुधारका लागिसमेत मन्त्रालयले काम अघि बढाइरहेको पौडेलले बताए ।

‘जमलस्थित केशर पुस्तकालयमा रहेका दस्तावेज आफूहरूले सङ्कलन गरी यसलाई प्रविधिमैत्रीमा रुपान्तरणसमेत गर्ने योजना अघि बढाएका छौँ’, उनले थपे, ‘यस क्याम्पस वनमा फुल्ने लालिगुराँस झैँ मुलुकको सुन्दर क्याम्पस बनोस् भन्ने हामी चाहान्छौँ ।’ मुलुकमा थुपै प्रशासनिक तथा कानूनी जटिलतासमेत रहेको उल्लेख गर्दै उनले मन्त्रालयले अघि बढाएका शिक्षाका योजनाले केही समयपछि पूर्णता पाउने दाबी गरे ।

ललितपुर क्षेत्र नं १ प्रतिनिधिसभाका सांसद नवराज सिलवालले सो क्याम्पसले विश्वविद्यालय तहको शिक्षा प्रदान गर्ने अपेक्षा बोकेर अघि बढ्दा नगरपालिकाले उपलब्ध गराएको जमिनमा नयाँ भौतिक पूर्वाधार निर्माणका लागि आफूलेसमेत मन्त्रालयमार्फत बजेटको अपेक्षा गरेको भनाइ राखे ।

विश्वविद्यालय अनुदान आयोग (युजिसी) का अध्यक्ष प्रा डा भीमप्रसाद सुवेदीले मुलुकमा कुल एक हजार ४३७ सामुदायिक क्याम्पस रहेको जानकारी गराउँदै सोमा ५७ क्याम्पसमध्ये जनभावनाले सो आयोगमार्फत नेपालमा उच्च शिक्षा सुधारका लागि गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (क्युएए) गत २०७६ पुसमा प्राप्त गरी सो भेगका बालबालिकाको जीवनमा ज्योति भर्ने काम गरेको औँल्याए ।

उक्त कार्यक्रममा क्याम्पसमा अक्षयकोष खडा गर्न सहयोग गर्ने दाता एवं क्याम्पसमार्फत उच्च नतिजा हासिल गर्न सफल विद्यार्थीका साथै क्याम्पसस्तरीय विभिन्न गतिविधिमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन ‘हेर्न नमिल्ने’

काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्नुपर्ने माग राखी दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न

अवदेखि सवै सरकारी करार तथा ज्यालादारी कर्मचारले सामाजिक सुरक्षाकोषको सुविधा पाउने

  बैशाख ३, काठमाण्डौं । काठमाडौं । पेन्सन अर्थात् निवृत्तिभरण सुविधा लिने बाहेकका सबै सरकारी

न्यायको कठघरामा न्यायिक समिति

वसन्त आचार्य  २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि