March 7, 2022

महाभियोग सिफारिस समितिमा बस्दैमा संसद्को विरोध हट्दैनः विशाल भट्टराई

काठमाडौं, २३ फागुन । नेकपा एमालेका नेता विशाल भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्ताव सम्बन्धमा बनेको सिफारिस समितिमा आफ्नो पार्टीका सांसदको सहभागिता स्वाभाविक भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले भने, “हामीले संसद्को कारबाहीको विरोध गरे पनि संसदीय समितिमा निरन्तर सहभागी भइरहेकै छौं । सभामुखले महाभियोग सिफारिस समितिका सदस्यको नाम पढेर सुनाउनु पहिलेकै संसदीय समितिमा सहभागिताको निरन्तरता हो ।”
प्रतिनिधिसभामा दुई तिहाइ बहुमत नभईकन ल्याइएको महाभियोग प्रस्तावमा गठबन्धनको षडयन्त्र लुकेको उनको आरोप छ । प्रतिनिधिसभामा एमालेका प्रमुख सचेतक समेत रहेका भट्टराईले थपे, “गठबन्धनले न्यायालयलाई गिजोल्ने काम गर्यो । प्रतिनिधिसभामा एमाले ९८ सिट भएको ठूलो पार्टी हो । तर हामीसँग कुनै छलफल नगरी छापामार शैलीमा आयो । गठबन्धनसँग दुई तिहाइ नभईकन महाभियोग आएकाले यो न्यायालयलाई सत्ताको प्रतिछाया बनाउने षडयन्त्र अनुरुप आएको हो । त्यसलाई चिर्नका लागि हामीले पार्टीका हेभिवेट नेताहरु पठाएका छौं ।”
महाभियोग सिफारिस समितिमा बस्दामा संसद्मा रहेको विरोध नटह्ने पनि भट्टराईले दाबी गरे । उनले भने, “एमालेले जे विषय राखेर विरोध गरेको हो, त्यो असहमति यथावत् छ । सभामुखसँगको विरोध उही हो । गठबन्धनसँग एमालेको आन्तरिक र बाह्य कुनै पनि सम्झौता भएको छैन । कम्युनिस्ट खोल ओढेका दुइटा पार्टी शेरबहादुर देउवा र केपी ओलीको फोटो देखेर आतंकित भएका मात्र हुन् ।”
उनले अहिले प्रतिनिधिसभाको चुनाव अगाडि ल्याउन र स्थानीय निर्वाचन पर धकेल्न नमिल्ने बताए । उनले थपे, “केपी ओलीले हिजो ताजा निर्वाचनमा जाऊँ भन्दाखेरि छातीमा हामी यहाँ छौं भन्ने पर्चा टाँसेर सडकमा बसेको होइन ? यो प्रतिगमन हो, लोकतन्त्र र संविधान सकियो भनेको होइन ? माधव नेपालले भनेको कुरालाई महत्त्व दिनु आवश्यक छैन । अहिलेको अवस्थामा न संघीय संसद्को चुनावअगाडि ल्याउन मिल्छ, न त स्थानीय तहको चुनाव पर लान मिल्छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक रोजगार विभागले शुरु गर्यो निःशुल्क कानुनी सहायताको व्यवस्था

 फागुन २,काठमाडौँ,। वैदेशिक रोजगार विभागले निःशुल्क कानुनी सहायता तथा सहजीकरणका लागि छुट्टै कक्षसहितको कानुनी सहायता अधिकृतको

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

काठमाडौं, माघ २८ गते । राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ ।

प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना

काठमाडौँ,  माघ १७ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष  सोनाम ल्होसारका

डब्लूएचओबाट बाहिरिने भन्ने अमेरिकी निर्णय खेदजनक :टेड्रोस

 २०८१, माघ ९ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको

सर्वोच्चको आदेशलाई लत्याउँदै धादिङ थाँक्रेमा अवैध ढुंगा उत्खनन्

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी