यस कारण प्रचण्ड र माधव चरम अवसरवादी भएको पुष्टि हुन्छ : शंकर पोखेरल

काठमाडौँ, १५ फागुन । एमाले महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल चरम अवसरवादी भएको प्रमाणित भएको बताएका छन् ।

आज सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले भनेका छन्, ‘नेकपा कालमा प्रचण्ड र माधव नेपालले अध्यक्ष कमरेड केपी शर्मा ओलीका विरुद्धमा जे जे विषय उठाएर विग्रह सिर्जनागरी पार्टी विभाजनमा भूमिका खेले समयक्रममा ती सबै विषय छोडेर आफुलाई चरम अवसरवादी भएको प्रमाणित गरे । तर पनि प्रचण्ड र माधव नेपालको साथमा रहनेहरु अझै अध्यक्ष ओलीलाई नै समस्या मान्दैछन् । यी तथ्यहरुले अव त सत्यसंग लड्न सकिदैन र हुदैन भन्ने चेतना उनीहरुमा समेत आउनु पर्ने हो ।’

१. जनादेश खण्डित भएको अवस्थामा जनतामा जानेकुरालाई प्रतिगमन भन्ने प्रचण्ड र माधव नेपालले स्थानिय चुनाव अगावै वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्ने प्रस्ताव राखे । तर उनीहरुको प्रस्ताव एमाले र नेकां दुबैले अस्विकार गरे । पाँच वर्ष नपुग्दै चुनाव गर्नु गलत भए स्थानिय चुनाव रोक्नेगरी वैशाखमै प्रतिनिधिसभाको चुनावगर्ने प्रचण्ड प्रस्ताव पनि त गलत हुन्थ्यो होला नि ?

२. केपी ओली प्रधानमन्त्री हुदा ४० प्रतिसत संसदीय दलका सदस्य भए दल विभाजन गर्न पाउनेगरी ल्याएको अध्यादेशको विरोध गरे । नेकां समेतको विरोध भएपछि अध्यादेश फिर्ता गरियो । तर पछि २० प्रतिसतले नै दल विभाजन गर्न पाउनेगरी अध्यादेश जारी गरे । एमाले पार्टीको विभाजनसंगै उक्त अध्यादेश फिर्ता लिए ।

३. पार्टी एकताका लागि प्रम र पार्टी अध्यक्ष मध्ये एक पद छोड्नु पर्ने माग सहित एक व्यक्ति एक पदको कुरा गरे । तर पार्टी विभाजन पछि प्रचण्ड र माधव नेपाल दुवै आफैले अघि सारेको मान्यता विपरित पार्टी र दल दुबैको एकसाथ नेता वन्न पुगे ।

४. नेकपा कालमा सभामुख मार्फत संसदमा एमसीसी टेवल गर्नमा रोक लगाए । तर नेकांले दवाव दिने वित्तिकै सभामुख मार्फत संसदमा टेवल गर्न लगाए ।

५. एमसीसी मार्फत सहायता पाउनका लागि आफु सरकारमा रहदा पत्राचार गरे । सरकारमै रहेका वेलामा संझौता समेत गरे । तर एमसीसी राष्ट्रघाती संझौता हो भन्दै कार्यदल बनाउने देखि सडक आन्दोलन गर्नेसम्मको रमिता देखाए । तर अहिले सत्तावाट वाहिरिने त्रास वढेपछि एमसीसी पास गर्न तयार भए ।

६. नेकपा गठनपछि आफैले छोडेको र पार्टीले अस्विकार गरेको आलोपालोको कुरा गरेर आफ्नै पार्टीको नेतृत्वको सरकार ढाल्ने अनुचित काममा लागे । तर पछि सरकारमा आफ्नो नेतृत्वको दावी छोडेर संसदमा आफ्नो हाराहारीमा रहेको नेकांको नेतृत्वको सरकारमा निशर्त सहभागि भए ।

७.नेकपा कालमा सबै सूचकहरुले सरकारको काम राम्रो रहेको देखिदा देखिदै पनि सरकारले कुनै राम्रो काम गर्न नसकेको आरोप लगाएर नेतृत्वको विरोध गरे । तर अहिलेको गठवन्धन सरकारले अर्थतन्त्र नै तहसनहस बनाउदा पनि चुप लागेर सरकारको प्रतिरक्षा गरिरहेका छन् ।

८. माधव नेपालले सदैव आफुलाई विधि र पद्धतीको पक्षमा रहेको दावी गरे । तर अन्तमा नेपालको संसदीय इतिहासमा सबैभन्दा धेरै विधि र पद्धती उलंघन गर्ने नेताका रुपमा आफुलाई प्रस्तुत गरे ।

९. अदालतमा सेटिङको आरोप केपी शर्मा ओली माथि लगाउने काम गरे । तर अदालतमा चलिरहेको आन्दोलनका क्रममा परमादेशी सरकार नै सेटिङवाट निर्माण भएको पुष्टिहुन पुग्यो । अनि अदालतमा विचाराधिन मुद्दा र स्थानिय निर्वाचन सार्नका लागि प्रधान न्यायाधिस माथि महाभियोग लगाउने काम गरे ।निर्वाचन रोक्ने उद्देश्यले मुद्दा दर्ता गर्न लगाए ।

१०. नेकपाको रक्षा आफ्नो नेतृत्वमा मात्र सम्भव हुने कुरा गरे । एकताको मर्म र भावना विपरित महाधिवेशनको सम्प्रभुतालाई समेत कुल्चदै केपी शर्मा ओलीलाई अध्यक्ष, दलको नेता र पार्टीको साधारण सदस्यवाट समेत हटाए । तर अदालतमा नेकपाको नाममा विचाराधिन मुद्दामा ऋषि कट्टेलका पक्षमा फैसला भएपछि एकताको कुरा गर्न नै छोडे । यतिवेला माधव नेपाल र प्रचण्ड दुवै अलग अलग पार्टीको मुखिया वन्न पुगेका छन्।

११. हिजो नेकपा भएको समयमा केपी ओलीको नेतृत्वमा रहेर चुनावमा जानै नसकिने अवस्था छ भनेर भ्रम सिर्जना गरे । तर आज केपी ओलीको नेतृत्वको पार्टीलाई हराउन पाँच दलिय गठवन्धन अपरिहार्य रहेको वताउन थालेका छन् ।चुनवामा जान खुट्टा कमाइ रहेका छन् ।

१२. नेकपा भंग भएपछि नेकपा(एमाले)संग कुनै प्रकारको सहकार्य गर्न सकिदैन भन्दै घृणाको राजनीति गरे । जव एमसीसी प्रकरणमा नेकांले सरकारवाट हटाउने कुरा गर्न थाल्यो तव नेकपा(एमाले)संग वामपंथी सहकार्यको प्रस्ताव राख्न पुगे ।यी तथ्यहरुले विगतमा अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा लगाइएका सबै आरोपहरु कुण्ठाग्रस्त मानसिकताका उपज थिए । अनि उनीहरु दुवैवाट संचालित अभियानहरु सत्ता स्वार्थवाट प्रेरित दक्षिणपंथी अवसरवादमा आधारित अभियान थिए भन्ने पुष्टि हुदै गएको छ ।यस्तो अवस्थामा प्रचण्ड र माधव नेपालको साथमा रहेकाहरुले नयाँ ढंगले सोच्ने वेला भएन र

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा

आजदेखि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।