सत्ता गठबन्धनमा गतिरोधपछि बालकोटमा गम्भीर कुराकानी

काठमाडौँ, ६ फागुन । एमसीसी संसद्मा टेबल गरी अनुमोदन गर्ने प्रधानमन्त्रीको प्रयासमा सत्ता गठबन्धनकै दलले अवरोध गरिरहेका छन्। बिहीबार पनि त्यही क्रम चल्यो। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेतृत्व र अन्य नेता राखेर दुईपटक छलफल चलाए। तर, सत्ता सहयात्री दलले अडान छाडेनन्।

त्यसपछि प्रधानमन्त्री देउवा बिहीबार साँझ विपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगे। त्यहाँ सत्तासमीकरण परिवर्तन, स्थानीय चुनाव, एमसीसी अनुमोदन गर्नेलगायत विषयमा गम्भीर कुराकानी भएको स्रोतले बताएको छ। 

स्रोतका अनुसार देउवाले ओलीसँग एमसीसी अनुमोदनमा सहयोग मागेका छन्। तर, यो विषयमा ओलीले निर्णय दिएका छैनन्। ओलीका प्रस्तावमा पनि देउवाले निर्णय दिएका छैनन्। छलफल भने सकारात्मक भएको ती स्रोतको भनाइ छ। सत्ता गठबन्धन कायम रहेसम्म सदनमा अवरोध जारी राख्ने एमालेको अडान छ। गठबन्धन परिवर्तन र सभामुख ‘एउटा पार्टीको जस्तो भएकामा सोच्नुपर्ने’ ओलीको प्रस्ताव छ।

काँग्रेस नेता डा. मीनेन्द्र रिजालले बिहीबार दिउँसो ओलीसँग भेट गरेका थिए। त्यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेलिफोन वार्ता गरेका थिए। नेता रिजालसँगको भेटमा ओलीले अन्तर्राष्ट्रिय रूपमा देशको छवि नबिग्रोस् भन्ने एमालेको चाहना रहेको र राष्ट्रहितका निर्णयमा कांग्रेससँग सहकार्य गर्न सक्ने जवाफ दिएका थिए। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

साइबर जोखिमले सरकारी वेबसाइट बन्द

२०८३ कार्तिक ८, काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण

कार्यसमितिमा नभएकी व्यक्तिलाई कोषाध्यक्षको जिम्मेवारी, राखेपमा उजुरी

२६ असोज , काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको कार्यसमितिमा नरहेकी पवित्रा रेग्मीलाई बैंक

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना