होटल याक एण्ड यति र र्‍याडिसनले ३९ करोड बुझाएनन !

२०७८ माघ २२ शनिवार ।  काठमाडौं । राजधानीको दरबारमार्गस्थित होटल याक एण्ड यति र लाजिम्पाटस्थित ¥याडिसन होटलमा सञ्चालित क्यासिनोले करोडौं रोयल्टी तथा नविकरण शुल्क नतिरेको पाइएको छ । पर्यटन विभागका अनुसार होटल याक एण्ड यतिले २० करोड ६८ लाख १५ हजार रुपैयाँ नतिरेको पुष्टि भएको छ भने ¥याडिसनले १८ करोड ७६ लाख रुपैयाँ नतिरेको पाइएको छ ।

विभागले बक्यौता रकम भुक्तानी गर्न भन्दै गत कार्तिक ७ गते ३५ दिने र पुस २७ मा पुन १५ दिने म्याद तोकेरै पत्राचार गरेपनि हालसम्म रोयल्टी नबुझाएको पाइएको हो । विभागले यी दुई क्यासिनोलाई ७ दिन भित्र बक्यौता रकम भुक्तानी गर्न अल्टिमेटम दिएको छ ।

यसअघि १३ करोड रुपैयाँ राजश्व नबुझाएको भन्दै पर्यटन मन्त्री प्रेम आलेको निर्देशनमा टाइगर प्यालेस रिसोर्टका सिइओलाई पक्राउ गरिएको थियो । तर, २० औँ करोड नतिर्ने यी दुई क्यासिनो सञ्चालकलाई भने सरकारले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कश्मीर आक्रमणमा मारिएका सुदिपको शव परिवारको जिम्मा लगाइयो, आजै अन्त्येष्टि

 वैशाख ११, काठमाडाैं । भारतको जम्मु कश्मीरमा आतङ्कवादी आक्रमणमा परी ज्यान गुमाएका बुटवल–११ का २७

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप

अमिन दिनेशप्रसाद यादवविरुद्ध तीन करोड २९ लाख भ्रष्टाचार मुद्दा

वैशाख ८, काठमाडौँ। उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौँद्वारा सञ्चालित बागमती नगर जग्गा एकीकरण

न्यायको कठघरामा न्यायिक समिति

वसन्त आचार्य  २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

तीनकुने घटना पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा भएकोले ज्ञानेन्द्रले उन्मुक्ति पाउँदैनन्: प्रधानमन्त्री ओली

चैत्र १८, २०८१ | काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभापछि भएको