दुबईमा भिजिट भिषामा मानव तस्करी गर्दै आएका कोमलराज उपाध्याय
काठमाडौं । भिजिट भिषाको नाममा दुबईमा मानव तस्करी गर्ने गिरोहले दियोपोस्ट डटकमका प्रतिनिधिलाई धम्की दिएका छन् ।
भिजिट भिषामा दुबई पुर्याएर सयौँ नेपालीलाई विचल्ली बनाएको विषयमा समाचार प्रकाशन गरेको भन्दै दियोपोस्टका अध्यक्ष तथा प्रधानसम्पादक सुदीप विश्वकर्मालाई दुबईबाटै टेलिफोनमा धम्की दिएको हो ।
दुबईमा संचालित त्रिनेत्र म्यानेजमेन्ट एण्ड कन्सलटेन्सीज नामक कम्पनिका मालिक कोमलराज उपाध्याय –प्याकुरेल)ले नेपाली प्रहरीको डिआइजी नै दियोपोस्ट कर्मीलाई पक्राउ गर्न पठाउने धम्की दिएका छन् ।
दुबईको मोबाइल नम्बर ९७१५२३४५…६१ नम्बरबाट भिजिट भिषाको आवरणमा नेपालबाट मानव तस्करी धन्दा चलाउँदै आएका उपाध्यायले दियोपोस्ट डटकमका अध्यक्ष तथा सञ्चालक सुदीप विश्वकर्माको मोबाइल नम्बरमा फोन गर्दै समाचारको स्रोत के हो भन्दै धम्की दिएका हुन ।
‘यो समाचार कसले दियो । म कम्पनिको मालिक कोमल उपाध्याय हो । कसले यो समाचार दियो तपाईंले मलाई भन्नुपर्छ,’ उनले भनेका छन्,‘नत्र म केस गर्छु । तपाईंले एउटा रेपुटेड कम्पनिको बारेमा न्युज लेख्दै हुनुहुन्छ । मैले धम्काको होइन । तपाईंलाई कुन मान्छेले दियो त्यसको नाम चाहियो ।’
कम्पनिमा विचल्ली भएका मानिसहरु आफूले नभई स्टाफले दुबई ल्याएको समेत उनको गैरजिम्मेवार जवाफ थियो ।
उनले १२ घण्टा भित्र समाचारको स्रोत नदिए कार्यालयमै मान्छे पठाउने समेत धम्की दिए ।
‘१२ घण्टा भित्र कसले समाचार दियो भन्नु भएन भने म तपाईं कहाँ मान्छे पठाउँछु । पुलिस इन्सपेक्टर हुन्छ की डिआइजी हुन्छ की म मान्छे पठाउँछु । तपाईंलाई भिडियो कसले पठाएको छ हामीलाई थाहा छ । तपाईंलाई अफ्टयारो पार्छु ख्याल गर्नुस्,’ धम्की दिँदै उपाध्यायले टेलिफोनमा भनेका छन्,‘तपाईंको हावा कसरी खुस्काउनुपर्छ हामीलाई पनि थाहा छ । तपाईंलाई कसले दियो कसले भन्यो सब थाहा छ ।’
केही बेरमा दलालीमै समलग्न सन्तोष सुवेदी नाम गरेका व्यक्तिले पनि सोही नम्बरबाट फोनमा धम्काए ।
उनले भने पत्रकारीताको पाठ पढाउन थाले । र मानहानीको केस हाल्ने धम्की समेत उनले दिए ।
‘पत्रकारीता हामीलाई थाहा छ । म दुबईबाट भोली आउँछु । तपाईं विरुद्ध मानहानीको केस हाल्छु । तपाईंले मेरो नाम लेख्ने अधिकार कसले दियो,?’ सुवेदीले भने,‘म तपाईंलाई जेल हाल्छु । पर्खिनुस् सर । भिजिटमा आए हामीले काम लगाइदिम् ।’
कम्पनिका मालिक कोमल उपाध्यायले नेपालबाट अवैध रुपमा नेपाली युवाहरुलाई भिजिट भिषामा दुबई पुर्याएर विचल्ली बनाएको विषयमा दियोपोस्टले प्रमाण सहित खबर प्रकाशन गरेको थियो ।
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ
काठमाडौँ, वैशाख १७ । सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न
क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व
काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित