ओली भेट्न पौडेल पुगे बालकोट

काठमाडौं, २२ पौष । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले सक्रियता बढाएका छन् । काँग्रेसको १४औं महाविधेशनपछि उनी सक्रिय भएका हुन् । महाधिवेशनमा उनी तटस्थ भूमिकामा थिए ।

पौडेलले महाधिवेशनपछि पहिलोपटक फरक दलका नेता अर्थात विपक्षि दलका नेता पुर्वप्रधानमन्त्रि के.पी शर्मा ओलीलाई भेट्न हिजो साँझ बालकोट पुगे ।  बालकोटमा ओलीलाई भेटेका पौडेलले पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी गरेका छन् ।

काँग्रेस सत्ता गठबन्धनमा रहँदा प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग पौडेलको भेटलाई अर्थपूर्ण मानिएको छ । पछिल्लो समय अमेरिकी सहयोगसम्बन्धी एमसीसीबारे गठबन्धनभित्र मतभेद छ । यसले गठबन्धन तोडिने सम्भावना पनि बढेको छ ।

पौडेलनिकट स्रोतले भने संसदको गतिरोध हटाउनेबारे कुराकानी भएको जनाएको छ । तर, पौडेलले राजनीतिमा नयाँ विकल्प र गठबन्धनबारे छलफल गरेको बुझिएको छ ।

विगतमा ओलीसँग पौडेलको सम्बन्धमा चीसोपन थियो । आजको भेटले दुई नेताबीच सम्बन्धमा सुधार भएको सन्देश गएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शान्ति निर्विकल्प बाटो

 २९ वैशाख २०८२ ।  विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध

यसरी आश्रित परिवारको सहारा बनेको छ सामाजिक सुरक्षाकोष

बैशाख २३ गते २०८२ काठमाण्डौ । अनुमान पनि गर्न नसकिने यो कहालिलाग्दो अवस्थाको अनुमान गरौं

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

कुलमानको बदमासी छताछुल्ल हुनेगरी विद्युत प्राधिकरणले जारी गर्यो श्वेतपत्र (सूचीसहित)

  २१ वैशाख २०८२, काठमाडौं। नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

समावेशी विकासका आयाम

विकास हरेक क्षेत्रका लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिविम्ब हो । यो एउटा यस्तो सकारात्मक