प्रतिनिधिसभाको बैठक पुस २२ गतेसम्मका लागि स्थगित

काठमाडौँ पुस १८ : प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने तय भएको बैठक पुस २२ गतेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ। सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेपछि बैठक स्थगित भएको बताइएको छ

सङ्घीय संसद्का महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा ‘विशेष कारणवश’ प्रतिनिधि सभाको बैठक स्थगित भएको उल्लेख छ। सूचनामा लेखिएअनुसार प्रतिनिधिसभा नियमावली २०७५ को नियम(६) को उपनियम (३) बमोजिम प्रतिनिधिसभाको अर्को बैठक पुस २२ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ। आजका लागि बोलाइएको कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे

नाम, जन्ममिति र विवाह दर्ता लगायतका व्यक्तिगत विवरण सच्याउने बाटो खुल्याे

 कात्तिक २६, काठमाडौँ। सरकारले व्यक्तिगत घटना दर्ता नियमावली, २०७७ संशोधन गर्ने निर्णय गरेको छ। सोमबार

जेनजी आन्दोलनबाट सय अर्बको क्षति, पुनर्निर्माण दुई महिनापछि थालिने

कार्तिक २५,काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्त्वपूर्ण संरचनाको पुनर्निर्माण दुई

मुलुकको समृद्धि श्रमबाट मात्रै सम्भव छ : अध्यक्ष साम्पाङ

कात्तिक  १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको