१० बुँदामा समेटिएको उनको फरक मतले माओवादी भित्र झाँगिदै गएको विकृतिको भण्डाफोर मात्रै गरको छैन नेतृत्वमा आएको चरम व्यक्तिवाद र विचलनलाई समेत प्रष्ट पारेको छ ।
उनले माओवादी नेतृत्वमा समेत ‘बा’ प्रवृत्ति हाबी भएको भन्दै प्रज्ञाभवनमा प्रचण्डको देवत्वकरण गरिएको प्रति आपत्ति जनाएका छन् ।
‘हामी सबै मुख्यतःः कमरेड अध्यक्षमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको छ । तपाईका प्राय सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रिय समितिको निर्णय भन्ने कतै सुनिदैन । सुनिन्छ त म, मेरो, मेलै, प्रचण्डले मात्र । यसको एउटा उदाहरण तपाईले नेकपा कालमा केपी ओलीलाई लेखेको पत्रमा म भन्ने शब्द ३४ पटक दोहोरिएको छ भने हामी भन्ने एक ठाउँमा मात्र,’ न्यौपानेले फरक मतमा लेखेका छन् ,‘हामीले ओलीभित्रको बा प्रवृत्तिले कम्युनिस्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रुपको बा प्रवृत्ति देखिएको छ । तपाई आफैससशिर उपस्थित भएको ठाँउमा तपाईका लस्करै तस्बीर राख्न कसले निर्देशन दिएको हो ? कमरेड अध्यक्ष, त्योठाउँमा दिलबहादुर वा सुरेश वाग्ले अथवा सहिदहरुको तस्बीर राखेको भए हाम्रो संस्कति कति सुसंगत हुन्थ्यो होला ?’
माओवादी केन्द्रबाट मन्त्रीको पिए भएकाहरुको सम्पत्ति छानबीन गर्दा नै बद्नामीको डरलाग्दो चित्र देखापर्ने न्यौपानेको दाबी छ ।
‘०६३ पछि हम्रो नेतृत्वमा ३ वटा सरकार बने साथै त्यस अतिरिक्त प्राय सबै सरकारमा हामी सहभागी छौं । एउटै पात्र पटकौं मन्त्री बनेको छ, उनीहरुकोन पारदर्शिता र कार्यसम्पादनहितको मूल्याब्कन छ, न त गणना गर्न लायक जनताले अनुभूत हुनेगरी गुणात्मक कुनैकाम नै भयो ? हाम्रै नेतृत्वमा प्रादेशिक सरकार छन्। तिनीहरुले अरु पार्टीले नेतृत्व गरेको सरकारभन्दा भन्दा फरक के काम गरे ? स्थानीय सरकार हामीले जितेको ठाउँमा एउटा नमूना पालिका सरकार कतै छ ?,’ प्रश्न गर्दै उनले भनेका छन्,‘यसको निर्मम समिक्षा नगरी सरकारदेखि सरकारसम्मको गोलचक्करले हामीलाई बदनाम मात्र बनाउछ । जसरी सन् १९५९ को क्युवाली क्रान्तिभन्दा अघि सरकारमा गएका कम्युनिस्ट नेताहरुले गरेको भ्रष्टाचारले कम्युनिस्ट भन्ने शब्द नै घृणाको प्रयाय बनेको थियो । त्यसकारण त्यहाँ कम्युनिस्टको नाममा क्रान्ति गरिएन । बरु क्रान्ति सम्पन्न भएपछि फिडेलहरुले आपूm कम्युनिस्ट भएको सार्वजनिक गरे । हाम्रो तर्फबाट मन्त्री भएकाहरुको कुरा छाडौं, मन्त्रीका अधिकांश पिएहरुको मात्र सम्पत्ति छानबिन गर्ने हो भने बदनामीको डरलाग्दो चित्र देखापर्दछ । यसलाई पुराका पुरा सच्याइएनभने सरकारमा गएर समाजवादको
आधार निर्माण गर्ने कुरा काल्पनिक मात्र होइन, बदनामीको माध्यम हुनेछ ।’
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि
सुर्खेत,१६ असार । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ लाई ‘शैक्षिक सुधार
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
असार ९,चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,
भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा
काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा