काठमाडौं , सरकारले डाक्टर नेत्रप्रसाद तिमल्सीनाको अध्यक्षता रहेको कार्यसमिति भंग गर्दै भागबण्डामा नेपाल रेडक्रस सोसाइटीको नयाँ समिति बनाएको छ । सत्तारुढ गठबन्धनका दलबीच भागबण्डामा गठन भएको नयाँ समितिको सभापतिमा सुर्दशन नेपाल चयन भएका छन् । उनी गृहमन्त्री बालकृष्ण खाँडको गृहजिल्ला रुपन्देहीका नेपाली कांग्रेसको कोटाबाट रेडक्रसको सभापति भएका हुन् । महामन्त्री भूपतिलाल श्रेष्ठलाई तोकिएको छ ।
उनी नेकपा (एकीकृत समाजवादी)को तर्फ महामन्त्री भएका हुन्, श्रेष्ठ तेह्थुमका हुन् । कोषाध्यक्ष नेकपा माअोवादी केन्द्रको भागमा परेको छ । कृष्णगोपाल लागेजु कोषाध्यक्षमा मनोनित भएका छन् ।
उपाध्यक्ष नुवाकोटका विष्णु नेपाल र अर्घाखाँचीकी राधा नेपालीलाई बनाइएको छ । नेपाल कांग्रेस र नेपाली माओवादी कोटाबाट आएका हुन् । उप कोषाध्यक्ष भगवनी शर्मा तथा सदस्यहरुमा विनोद बस्नेत, मनोज थापा लगायत २९ सदस्यीय समिति बनाइएको छ । कार्यसमितिमा काँग्रेस, माअोवादी केन्द्र, नेकपा(एस), जनता समाजवादी पार्टीलाई भागशान्तिमा बाडिएको छ । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित
प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
साउन १५,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दुध र
असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार