एमसीसी पारित गर्न देउवा अघि बढे, गठबन्धन तोडिने संभावना बढ्याे

काठमाडौं, ६ पौष । अमेरिकी सहयोगसम्बन्धी एमसीसी सम्झौता संसदबाट पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवा दृढ देखिएका छन् । उनले एमसीसी पारित गर्ने दृढता निकटस्थहरुसँग गरेको बुझिएको छ ।

आजै जनकपुर पुगेका गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी पारित हुने ठोकुवा गरिसकेका छन् । उनले एमसीसी अगाडि बढ्ने भन्दै भ्रमहरु रहेको बताए । एमसीसी गठबन्धन सरकारकै पहलमा पारित गर्नेबारे छलफल भइरहेको उनको भनाई थियो । तर, गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एमसीसीको विपक्षमा छन् ।

प्रचण्डले एमसीसी यथास्थितिमा पारित नहुने बताइसकेका छन् । माधवकुमार नेपाल पनि संशोधनको विषय उठाइरहेका छन् । यसकारण प्रचण्ड र माधव नेपाल एमसीसीको पक्षमा उभिने सम्भावना न्यून भएको छ । तर, देउवा एमसीसी पारित गरिछाड्न दृढ देखिएका छन् । यसको संकेत उनका विश्वासपात्र समेत रहेका गृहमन्त्री खाँणले गरिसकेका छन् ।

देउवा एमसीसी पारित गर्न अगाडि बढिरहँदा प्रचण्ड र नेपाल तयार नभएकाले सत्ता गठबन्धन तोडिने सम्भावना बढेको छ । त्यसको खतरा स्वयं प्रचण्डले सोमबार सार्वजनिक रुपमा औल्याइसकेका छन् ।

नेकपा एमालेले एमसीसी पारित गर्न शर्त राखेको विषय बाहिर आएको छ । माओवादी र नेकपा एसलाई सत्ताबाट बाहिर पुर्याएमा एमसीसी पारित गर्न साथ दिने एमालेको शर्त रहेको चर्चा छ । प्रचण्डले पनि यसको खुलासा गरेका छन् ।

एमसीसी पारित गर्न साथ दिने या सत्ता गठबन्धन छाड्नुपर्ने चुनौती प्रचण्ड र माधव नेपालसामु आएको छ । देउवा ब्याक नहुने भएका छन् । यसको अर्थ प्रचण्ड र माधव नेपालले एमसीसीलाई समर्थन नगरे सत्ता गठबन्धन तोडिने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।