एमाले केन्द्रीय कमिटी बैठक ‘जर्मन हाउस’मा बस्दै

काठमाडौँ, २२ मंसिर । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक यही मंसिर २५ र २६ गते बस्दै छ ।

 सचिव पद्मा अर्यालका अनुसार बैठक भक्तपुरस्थित जर्मन हाउस पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

बैठकको मिति यसअघि नै तय भइसके पनि स्थान भने आज पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको महासचिव तथा सचिवहरूको बैठकले तय गरेको हो ।

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक बस्न लागेको हो । पहिलो बैठक भने नवनिर्वाचित पदाधिकारीहरूले शपथग्रहण गरेलगत्तै मंसिर १४ गते सौराहामा बसेको थियो ।

केन्द्रीय कमिटीको आकार ३०१ बनाइएसँगै स्थान अभाव हुने भएकाले बैठक गठ्ठाघरमा रहेको जर्मन हाउसमा बस्न लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा