November 21, 2021

जनगणना टोली छाङरु र तिङ्करतर्फ

दार्चुला, मङ्सिर ५ः दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिङ्करको जनगणनाका लागि जनगणना टोली शुक्रबार नेपाली बाटो हुँदै व्यासतर्फ खटिएको छ । टोली शनिबार व्यास गाउँपालिका–२ दुम्लिङमा बास बसेर अगाडि बढेको हो । टोली आइतबार बेलुका वा सोमबार बिहानसम्म कार्यस्थलमा पुग्नेछ ।

छाङरु र तिङ्कर गाउँमा ११५, एउटा सशस्त्र प्रहरी र अर्को नेपाल प्रहरीको आवास गरी कुल ११६ घरपरिवार छन् । छाङरु र तिङ्करको जनगणना गर्न गणकलाई भारतले बाटो प्रयोग गर्न अनुमति नदिएपछि उनीहरू नेपाली भूमि हुँदै जोखिमपूर्ण बाटो प्रयोग गरेर त्यसतर्फ गएका जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले बताए ।

नेपाली भूमि हुँदै छाङरु र तिङ्कर गाउँसम्म पुग्न कम्तीमा तीन दिन लाग्छ । भारतीय भूमि हुँदै सडकमार्ग प्रयोग गरेर एकै दिनमा समेत पुग्न सकिने स्थानीयवासी बताउँछन् । सजिलो बाटो र छिटो पुगिने भन्दै नेपालले भारतसँग बाटो प्रयोग गर्न अनुमति मागेको थियो । तर, भारतीय प्रशासनले अनुमति नदिएपछि नेपाली टोली जोखिम मोलेरै नेपाली बाटो हुँदै त्यसतर्फ गएको हो । जनगणनाको पहिलो चरणमा घरपरिवार सूचीकरण गर्न भने नेपाली टोली भारतीय भूमि हुँदै छाङरु र तिङ्कर पुगेको थियो ।

पाण्डेले भन्नुभयो, ‘‘गणक राजेन्द्र कार्की, सहायक जनगणना अधिकारी खगेन्द्र कार्की र कार्यालय सहयोगी लोकेन्द्र टेर खलङ्गाबाट छाङरु र तिङ्करको जनगणना गर्न प्रस्थान गरेका हुन् । खलङ्गादेखि व्यास गाउँपालिका–२ दुम्लिङसम्म बाटो ठीक छ, दुम्लिङदेखि छाङरु र तिङ्करसम्म घर, पसल र मानव आवातजावत छैन ।’’ दुम्लिङभन्दा माथि जान सक्छन् कि सक्दैनन्, अहिले नै भन्न सकिन्न तर सुरक्षाकर्मीसँगको समन्वयमा छाङरु र तिङ्कर पुग्ने मनोबलसाथ खलङ्गाबाट टोली प्रस्थान गरेको उनले बताए ।

नेपालतर्फ जोखिमपूर्ण बाटो भएका कारण व्यासको वडा नम्बर १ का स्थानीयवासी भारतीय बाटो प्रयोग गर्दै दार्चुला सदरमुकाम खलङ्गासम्म आवतजावत गर्दै आएका छन् । तर, जनगणनाका लागि गणकलाई छाङरु र तिङ्कर जान भने भारतले बाटो नदिएको हो ।
जनगणना गर्न छाङरु र तिङ्करसम्म जाने बाटो प्रयोग अनुमतिका लागि तीन पटक पत्राचार गरे पनि अनुमति नपाएको दार्चुला प्रशासनले जनाएको छ । देशभरि कात्तिक २५ गतेदेखि गणक जनगणनाका लागि सबै वडामा खटिएका थिए । छाङरु र तिङ्कर जान भारतीय बाटो प्रयोग गर्नुपर्ने भएकाले भारतलाई औपचारिक र अनौपचारिक अनुरोध गरिए पनि अनुमति नपाएको नेपाली अधिकारीहरूले जनाएका छन् ।

कात्तिक २५ गते माथिल्लो क्षेत्रमा पहिरो गएर बाटो बिग्रेको छ, केही दिनपछि अनुमति दिउँला भनेर अल्झाएको भारतीय प्रशासनले पछिल्लो समय भारतकै केन्द्र सरकारबाट गणकलाई जान दिने नीति छैन भन्ने निर्देशन आएको र बाटोसमेत राम्रो नभएकाले तत्काल अनुमति दिन नसकिने जवाफ दिएको जनगणना कार्यालय दार्चुलाले जनाएको छ ।

व्यासको वडा नम्बर १ बाहेक दार्चुलाका ६० वडामा शुक्रबारसम्म ८० प्रतिशत जनगणनाको काम सकिएको जनगणना अधिकारी पाण्डेले बताए। अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामा जिल्लाबाट भौतिक रूपमा जनगणना गर्न नसकिने उनले बताए । केन्द्रबाट वैकल्पिक विधि प्रयोग गरेर जनगणना गर्ने कुरा सुन्नमा आएको बताउँदै उहाँले भौतिक उपस्थितिमा जनगणना गर्न सकिने अवस्था नरहेको जानकारी दिए । गाेरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व