महेश बस्नेतको देउवालाई खवरदारी, भक्तपुरको बजेट काटे राजनीतिक द्धन्द निम्तिने

भक्तपुर, २२ कार्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवालाई भक्तपुरमा आएको विकास र त्यसको बजेट नकाट्न चेतावनी दिनुभएको छ ।

राष्ट्रिय विभूति शंखधर साख्वाःप्रतिष्ठान द्वारा शंखधर चोकमा आयोजित नेपाल संवत् ११४२ नयाँ वर्षको शुभकामना आदानप्रदान तथा नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण समारोहमा बोल्दै नेता बस्नेतले भक्तपुरको विकासमा आएको बजेटलाई लिएर राजनीतिक द्वन्द्व नबढाउन प्रधानमन्त्री देउवालाई चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री ज्यू, भक्तपुरमा एमालेले गरेको विकास र समृद्धिमा राजनीतिक नगर्नुस् । भक्तपुरमा आएको विकासको बजेट कटौती नगर्नुहोस् । बजेट कटौती भए भक्तपुरका जनताको लागि ठूलो दुर्भाग्य हुनेछ । जुन दुर्भाग्य रोक्न हामी जस्तोसुकै मूल्य चुकाउन पनि तयार छौं । भक्तपुरको विकासको बजेट कटौती भए त्यसको हिसाव किताव जनताले राख्ने छन् । कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्नेछ । राजनीतिमा प्रतिष्पर्धा, विकासमा ऐक्यवद्धतालाई आत्मसात् गर्नुस् । प्रधानमन्त्री ज्यूले भक्तपुरको विकासविरुद्ध नवोल्नुस्, कांग्रेसले राजनीतिक द्वन्द्व नगरोस् ।’

विकासको लागि सवै दलको संयुक्त धारणा बनाई अगाडी बढ्नु अहिलेको आवश्यकता रहेको औंल्याउँदै नेता बस्नेतले न्यायापालिका, कार्यपालिका तथा व्यवस्थापीकामा देखिएका विकृति र विसंगतिहरुलाई हटाउन सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो । एक अर्कामा जुधेर, गाली गरेरभन्दा पनि सहकार्य अहिलेको अपरिहार्य रहेको उल्लेख गर्दै नेता बस्नेतले एउटा पार्टीले गरेका जनमूखी काम तथा योजनाहरु अर्को पार्टीले हटाउन थालेमा द्वन्द्व निम्तने खतरा रहेको औंल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘३०औं वर्ष पछि भक्तपुरले विकासमा कायापलट गर्ने अवसर प्राप्त गरेको छ । तीन वटै तहका सरकारको भक्तपुरको विकासमा अतुलनीय योगदान रहेको छ । हनुमन्ते करिडोर, स्मार्ट सिटी, रंगशाला, खेलमैदान, सभागृह, सांस्कृतिक सम्पदाको निर्माण, स्वास्थ्य क्षेत्रको विकास र विस्तार, सडक निर्माण, सुरुङ्मार्ग निर्माणका लागि नेपाल सरकारले बजेट छुट्याएको छ । म वर्तमान सरकारलाई आग्रह गर्न चाहन्छु, सक्नुहुन्छ भने बजेट थप गरिदिनुस् । यदी थप्न सक्नहुन्न भने बजेट कटौती नगर्नुनुस् । भक्तपुरका ११ वटा सडक काटिएका छन्, ति सडकहरु जोडिदिनुस् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा