November 5, 2021

लियोन र फ्रांकफर्ट युरोपा लिगको नकआउट चरणमा

फ्रान्सको क्लब लियोन र जर्मनीको इन्ट्राक्ट फ्रांकफर्ट यूईएफए युरोपा लिगको नकआउट चरणमा स्थान पक्का गर्ने पहिलो टोली बनेका छन् । 

दोस्रो हाफमा गरेको तीन गोल मद्दतमा लियोनले गएराति चेक गणतन्त्रको क्लब स्पार्टा प्रागुएलाई ३–० ले हरायो । लियोनको जितमा इस्लाम स्लिमानीले दुई गोल गरे भने कार्ल टोको इकाम्बीले एक गोल गरे । जितपछि समूह ‘ए’ मा १२ अंक जोडेको लियोनले युरोपा लिगको नकआउट चरणमा स्थान बनाएको हो । 

पराजित स्पार्टा प्रागुए चार अंक जोडेर दोस्रो स्थानमा छ । समान चार अंकको रेनजर्स तेस्रो स्थानमा छ । ब्रोन्डबाई आईएफ दुई अंकका साथ समूहको पुछारमा छ । स्कटल्यान्डका रेनजर्स र डेनमार्कको ब्रोन्डबाई आईएफले १–१ को बराबरी खेले । 

जर्मनीको फ्रांकफर्टले ग्रीसको आलम्पिकोसलाई २–१ हराएको हो । घरेलु टोली ओलम्पिकोसले १२औं मिनेटमा अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा २–१ को नतिजा सुम्पिनु परेको थियो । फ्रांकफर्टका दाइची कामादाले १७औं मिनेटमा बराबरी गोल फर्काएका थिए । इन्जुरी समयमा जेन्स पिटर ह्युजले गरेको गोल  फ्रांकफर्टको जितमा निर्णायक बन्यो । 

जितसँगै चार खेलबाट १० अंक जोडेको फ्रांकफर्टले समूह ‘डी’बाट नकआउट चरणमा स्थान बनाएको हो । पराजित ओलम्पिकोस ६ अंकका साथ दोस्रो स्थानमा छ । सो समूहमा टर्कीको फेनरबाच पाँच अंकका साथ तेस्रो स्थानमा छ भने रोयल एन्टवार्प एक अंकका साथ चौथो स्थानमा छ । 

समूह ‘बी’ मा स्पेनको रियाल सोसिडाडले अष्ट्रियाको स्टर्म ग्राजसँग १–१ को बराबरी खेल्यो । बराबरीपछि रियाल सोसिडाडले शीर्ष स्थानमा उक्लने मौका गुमायो । सोसिडाड ६ अंकका साथ दोस्रो स्थानमा छ । समूह ‘बी’ मा फ्रान्सको मोनाको ८ अंकका साथ शीर्ष स्थानमा छ । मोनाकोले गएराति नेदरल्यान्ड्सको पीएसभी आइन्डहोभेनसँग गोलरहित बराबरी खेलेको थियो । आइन्डहोभेन ५ अंकका साथ तेस्रो स्थानमा छ । स्टर्म ग्राज एक अंकका साथ पुछारमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा