बाढी–पहिरो पीडितलाई आर्थिक सहयोग, मृतकको परिवारलाई २ देखि ४ लाख

कत्तिक ०४, काठमाडौँ । सरकारले अविरल बर्षाका कारण आएको बाढी–पहिरोबाट मृत्यु भएका परिवारलाई तत्काल आर्थिक सहयोग दिने घोषणा गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले बाढी–पहिरोका कारण मृत्यु भएकाका परिवारलाई २ देखि ४ लाखसम्म आर्थिक सहयोग दिने निर्णय गरेको हो ।

बैठकले एकै घरमा एक जनाको मृत्यु भएको भएमा २ लाख, २ जनाको भए ३ लाख र ३ जनाको मृत्यु भएको भएमा ४ लाख दिने निर्णय गरेको छ । बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई राहत उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । बैठकले बाढी–पहिरोमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद् बैठकले राहत र उद्धारको कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय गर्दैै राज्यका सबै संयन्त्र परिचालन गर्न समेत निर्देशन दिएको छ ।

त्यसै गरी, सरकारले बाढी–पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाख रुपियाँसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख रुपियाँ उपलब्ध गराउने निर्णय भएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए । सरकारले घर निर्माणका लाथि जग्गाको अभाव हुनेका लागि थप ३ लाख पनि उपलब्ध गराउने भएको छ ।

घर भत्केकालाई तत्काल ५० हजार दिने निर्णय

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले अविरल बर्षासँग आएको बाढी–पहिरोमा परी घर भत्किएका परिवारलाई तत्काल ५० हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले तत्काल बासको व्यवस्थापन गर्नका लागि सरकारले घर भत्किएका र बगाएका परिवारलाई ५० हजारको दरले राहत दिने निर्णय गरेको जानकारी दिनुभयोे । हालसम्म विभिन्न जिल्लामा झन्डै २० भन्दा बढी घर भत्केको तथ्यांक प्राप्त भएको जानकारी दिँदै उहाँले उद्धार र राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने निर्णय भएको पनि बताए ।

बाढी–पहिरोबाट कृषि बालीलगायतका क्षतिका सन्दर्भमा आवश्यक अध्ययन गरेर त्यसका आधारमा क्षतिपूर्ति दिने निर्णय भएको बताउँदै उनले त्यसका लागि कृषि मन्त्रालयको संयोजकत्वमा देशभर भएका क्षतिको लगत संकलन गरिने भएको छ ।

प्रधानमन्त्री पनि बाढी–पहिरो प्रभावित क्षेत्रको अवलोकनमा जाने तय भएको बताउँदै पोखरेलले प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार देशभर बाढी–पहिरोबाट ५० जनाको मृत्यु भएको छ भने ३९ जना बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।