आज फूलपाती भित्र्याइँदै

काठमाडौँ, असोज २६ गते । असोज शुक्ल सप्तमीका दिन मङ्गलबार सनातन हिन्दु धर्मावलम्बीले घर–डेरामा फूलपाती भित्र्याइँदै छन् । केरा, दारिम, उखु र अदुवाको बोट, बेसार, बेलपत्र, अशोक र जयन्तीको फूल, असुरोको पातलाई नवपत्रिका मानेर फूलपाती भित्र्याउने प्रचलन छ ।
हनुमानढोका दरबारस्थित दशैँघरमा भित्र्याउने गरी धादिङको जीवनपुरबाट काठमाडौँको जमलमा फूलपाती ल्याउने टोली मङ्गलबार जीवनपुर गएको छ । नेपाली सेनाको शार्दूूलजङ्ग गुल्मका दुई जवान र हनुमानढोका दरबार हेरचाह अड्डाका चार जना जीवनपुर गएका छन् । विगतमा समरजङ्ग कम्पनीको टुकडी जीवनपुर जाने गरेकोमा कम्पनीको जिम्मेवारी शार्दूूलजङ्गमा सारिएकाले यसमा गुल्म सरिक हुन थालेको हनुमानढोका दरबार हेरचाह अड्डाका पर्वपूूजा संयोजक मीठाराम पुडासैनी बताउनुहुन्छ । गोरखाबाट मगर जातिले पैदलै
जीवनपुर ल्याएको फूलपातीलाई जीवनपुरबाट जमल हुँदै हनुमानढोका दरबारस्थित दशैँघरमा भित्र्याउने प्रचलन छ । सरकारी अधिकारी र गुरु पुरोहितले आशागुर्जा कल्स्यौँडीसहित सिँगारिएको फूलपातीलाई जमलमा स्वागत गरेर दशैँघर भित्र्याउने तयारी भएको छ । दरबार हेरचाह अड्डा प्रमुख सन्दीप खनालका अनुसार दुर्लभ असुरोको पातसहितको यो यात्रा अति महŒवको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना