पूर्ण खोपको मात्रा लगाएकामा प्रतिरोधात्मक क्षमता बढी

काठमाडौं,असोज २३, नेपालमा खोपको प्रभावकारितासम्बन्धी गरिएको एक अध्ययनले खोप लगाएकाहरूमा कोभिड–१९ विरुद्धको प्रतिरोधात्मक क्षमताको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको छ। शुक्रबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तथ्यांक सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार दुवै डोज खोप लगाएकाहरूमा एन्टिबडी ८२ प्रतिशत छ भने पहिलो डोज लगाएकाहरूमा ५५ प्रतिशतमा एन्टिबडी पाइएको छ। गत जेठ १७ देखि असार २५ को अवधिभित्र रगतको नमुना संकलन गरी शरीरमा एन्टिबडीको स्तर हेर्ने उद्देश्यले अनुसन्धान गरिएको थियो।

अध्ययनमा १७ सय ९६ जनालाई सहभागीको नमुना संकलन गरिएको थियो। अध्ययनले खोप नलगाएका ४३/९ प्रतिशतमा एन्टिबडी बनेको र खोप लगाएका ६५ प्रतिशतमा एन्टिबडी बनेको औंल्याएको छ। खोप लिएको दोस्रो महिनासम्ममा एन्टिबडीको तह ८२/३३ प्रतिशत रहेको पाइएको छ भने चौथो महिनामा एन्टिबडीको मात्रा घट्दै गएर ४३ प्रतिशतमा पुगेको छ।

त्यसैगरी अध्ययनले एक वा बढी दीर्घरोग भएकाहरूमा पनि एन्टिबडीको मात्रा फरक रहेको औंल्याएको छ। एक मात्र दीर्घरोग भएकाहरूमा ७८ प्रतिशत, दुईवटा दीर्घरोग भएकाहरूमा ७१/६९ प्रतिशत र तीनभन्दा बढी दीर्घरोग भएकाहरूमा ४२ प्रतिशत पाइएको थियो।

खोप नलिएका र कोरोना पहिचान नभएका ४६ प्रतिशतमा एन्टिबडी बनेको पाइएकाले नेपालमा कोरोना संक्रमण समुदायस्तरमै फैलिसकेको अध्ययनको निष्कर्ष छ। नेपालमा प्रयोग भएका दुई मुख्य खोपहरू भेरोसेल र कोभिसिल्डमा एन्टिबडीको मात्रा ६३/७ प्रतिशत थियो भने भेरोसेल लिएकाहरूमा ७२/४ प्रतिशत थियो।

भेरोसेल खोप लिनेबित्तिकै र कोभिसिल्ड खोप लिएको दुई महिना बितिसकेपछि एन्टिबडीको मात्रा हेरिएकाले कोभिसिल्ड लिनेहरूमा मात्रा घट्दै गएको पाइएको होे। दुवै खोप एउटै अवधिमा दिएको खण्डमा एन्टिबडी दुवैमा करिब उस्तै तहको प्रभावकारिता देखिने अध्ययनको सुझाव छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना