बाढी र पहिरोको बितण्डा, हजारौं घर डुबानमा

काठमाडौं,भदौ १२,बाढी र पहिरोले देशैभरि पुनः बितण्डा मचाएको छ। हजारौं घर डुबानमा परेको छ। कैयौं पशु चौपायाहरू मरेका छन्। पहाडी जिल्लाहरूमा पहिरोले धनजनको क्षति पु¥याएको छ। तराईका बस्तीहरू बाढीले डुबेका छन्। घरमा बाढी पसेपछि स्थानीयहरू घरबारविहीन बनेका छ। शुक्रबार मात्र देशभरमा तीन जनाको मृत्यु भएको छ। चार जना बेपत्ता भएका छन्। दुई जना घाइते भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार नवलपरासीको सुस्ता पश्चिममा बाढीमा परेर रामग्राम नगरपालिका १८ का ३८ वर्षीय विनोद पासी र १३ वर्षीय छोरा प्रदीपको ज्यान गएको छ। घरमा पानी पसेपछि छिमेकीको घरमा जाँदै गर्दा उनको मृत्यु भएको थियो। उदयपुर कटारी नगरपालिका २ मिलन चोककका ७ वर्षीय कर्ण मगरको पहिरोमा परेर मृत्यु भएको छ। 

महोत्तरीमा रातु खोलाको बाढीले बाँध भत्काउँदा वलवा—तिलगढमा ९ सय घर डुवानमा परेका छन्। ४ हजार ५ सय मानिस घरबारविहीन बनेका छन्। धनुषा र सिरहाको बीचबाट बग्ने कमला नदीमा पानी बढेपछि नजिकका बस्तीमा त्रास बढेको छ। चुरेबाट तराई भू—भागमा बग्ने एक सय ६४ नदीको चरम दोहनले बस्ती प्रभावित हुनुका साथै हजारौं विस्थापित छन्। 

भारतले एकतर्फी रूपमा निर्माण गरेको तटबन्ध एवं बाँधका कारण तराई बर्सेनि जलमग्न हुँदै आएको छ। कैलाली र कञ्चनपुरका नदीमा पनि जलस्तर बढेको छ। कैलाली बाढीमा परेर एक वृद्धाको ज्यान गएको छ। लम्की चुहा नगरपालिका–६ गुलराकी ९० वर्षीया फुखिया थरुनीको चरेला नदीमा आएको बाढीले बगाएर ज्यान गएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख भरत शाहले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा